परदेशमा जमेका नेपाली
उनले दस वर्षअघि आफ्नो लिभिङ रूमको एक कुना खाली गरे।
त्यही कुनामा एउटा कुर्सी राखे, कुर्सी अगाडि 'एल' आकारमा दुइटा टेबल जोडे, अनि टेबलमाथि एउटा कम्प्युटर।
यसरी सुरू भयो उनको एआई कम्पनी — फ्युजमेसिन्स इंक।
समीर मास्केलाई एआईको भविष्य र आफ्नो क्षमतामा यति धेरै विश्वास थियो, उनले एक्लै सुरू गरेको यो कम्पनीको कार्यालय न्यूयोर्कको मुटु म्यानहटनमा छ। नेपालमा शाखा छ। काठमाडौंको बानेश्वरस्थित फ्युजमेसिन्सको कार्यालयमा मात्रै क्षमतावान तीन सय युवाले काम गर्छन्। फ्युजमेसिन्सले विदेशमा बेच्ने धेरै उत्पादन आजकाल बानेश्वरको यही कार्यालयमा बन्छन्।
कम्प्युटर वैज्ञानिक तथा अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक समीर नेपाललाई 'एआई ट्यालेन्ट' को उदाउँदो बजार मान्छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)