उनी गाईवस्तु राख्ने साँघुरो कटेरोभित्र थिइन्। बाघले आफूलाई नदेखोस् भनेर कुनामा लुकिन्। आफ्नो ज्यान जतिसक्दो खुम्च्याएर राखिन्। सासधरि हलुकासँग फेर्न थालिन्।
जति कोसिस गर्दा पनि बाघको नजरबाट बच्न भने सकिनन्।
बाघ सरासर कटेरोभित्र पस्यो।
खिकुमारी जोडसँग चिच्याइन्, 'लौ मार्यो, मलाई खान त दुइटा बाघ आए।'
उनी एकछिन हल न चल भएर बसिन्।
बाघ चुपचाप फर्किन्छ कि भनेर आफू पनि चुप्पै लागिरहिन्।
तर बाघले फर्किने लक्षण देखाएन।
बरू जोडसँग गर्जिँदै सुम्सुम्ती पाइला बढायो र भित्तामा सपक्क टाँसिएर बसेकी खिकुमारीलाई झम्टिन आयो।
हेर्दाहेर्दै बाघले आफ्नो पञ्जा खिकुमारीको गर्दनमा जोत्यो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)