‘सुधारको बाटो’ शृंखलाको यो पहिलो स्टोरीमा हामीले नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग कुरा गरेका छौं।
पाण्डेसँगको हाम्रो कुराकानी मुख्यगरी राजनीति, राजनीतिक दल र अर्थ-राजनीतिक क्षेत्रमा देखिएका समस्या र तिनमा तत्काल चाहिने र गर्न सकिने सुधारमाथि केन्द्रित छन्।
नेपाली राजनीति र राजनीतिक दलहरूमा ठूलो सुधारको खाँचो रहेको पाण्डेले बताए।
दलहरूमा संरचनात्मक सुधार गर्ने समय ठिक्क पाकेको र अब पनि सुधार नगर्ने हो भने दलहरूको भविष्य नै संकटमा पर्न सक्ने पाण्डेको भनाइ छ।
चार दशकभन्दा बढी वामपन्थी राजनीतिमा सक्रिय पूर्वअर्थमन्त्री पाण्डे व्यवहारवादी र समाधानमुखी राजनीतिज्ञ मानिन्छन्।
पाण्डे आखिर किन यस्तो निष्कर्षमा पुगे? उनले सुझाएका तत्काल गर्न सकिने सुधार के के हुन्?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)