माधवलाई अजंग बाघले आफ्नो वशमा लिइसकेको थियो।
बाघले आफ्नो मुख माधवको घाँटीमा जोत्यो। आफ्ना धारिला दारा गाडेर माधवलाई करप्पै पार्यो।
माधवको घाँटी, छाती र पेटबाट रगतको धारा बग्न थाल्यो।
माधवका हातगोडा केही बेर छटपटाए। केही बेर उफ्रीपाफ्री गरे।
बिस्तारै उनी सेलाउँदै गए।
बाघ टन्न रगत पिएर जोडसँग गर्जियो।
राजेन्द्रले यो सब टुलुटुलु हेरिरहे।
अब बाघको हमलाबाट कसरी बच्ने होला!
राजेन्द्र जोडसँग कराए, 'बिर्जे, खुर्पाले हान् न, खुर्पाले हान्!'
पढ्नुहोस् जंगलको कथा, जहाँ वर्षौंदेखि मान्छे र जनावरको घम्साघम्सी चलिरहेको छ।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)