चन्द्र शमशेर राणाले श्री ३ को श्रीपेच धारण गरेको दुई वर्ष पनि पुगेको थिएन।
ब्रिटिस रेजिडेन्ट (राजदूत) कर्णेल राभेनश उनलाई ‘दिल्ली दरबार’ को निम्तो दिन आए।
निम्तो १९०३ जनवरी १ को थियो, जुन दिन ब्रिटेनका नयाँ राजा एडवार्ड सातौं हिन्दुस्तानका सम्राट घोषित हुँदै थिए।
निम्तो पाएर सुरूमा त चन्द्र खुसी भए। जसै उनका आँखा निम्तोपत्रमा उल्लिखित विवरणमा गए, रिसले आगो भए।
ब्रिटिस इन्डियाले उनलाई ‘महाराजाधिराजका राजदूत’ को मान दिएको थिएन।
‘दिल्ली दरबार’ मा उनका लागि तोकिएको स्थान पनि विदेशी प्रतिनिधिको लहरमा होइन, हिन्दुस्तानी रजौटाहरूका बीचमा थियो।
उनलाई दिने भनिएको सलामी हिन्दुस्तानी रजौटा सरह १९ तोपको थियो।
चन्द्र शमशेरले निम्तोपत्र लिएर आएका राभेनशलाई भने, ‘मलाई दिल्ली दरबारमा त्यही हैसियत चाहिन्छ, जुन मेरो पिताले पाउनुभयो।’
‘मलाई महाराजाधिराजका राजदूत भनेर सम्बोधन गरिनुपर्छ, हिन्दुस्तानी रजौटाहरूका बीचमा होइन, विदेशी प्रतिनिधिको स्थानमा राखिनुपर्छ; र १९ तोपको होइन, २१ तोपको सलामी चाहिन्छ,’ चन्द्रले भने, ‘नभए म दिल्ली दरबार आउन्नँ।’
राभेनशसँग कुनै जबाफ थिएन।
उनी शिर निहुराएर लैनचौरस्थित आफ्नो कार्यालय फर्के।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर वा यहाँ क्लिक गरेर सबस्क्राइब गर्नुहोस्।)