राजनीति, व्यवसाय र पत्रकारिताले मागेको ठूलो सुधार- ३
सन् २०१२ को मे महिना। ठ्याक्कै दिन भने याद छैन।
सुन्धाराको सिभिल मलमा हिमालयन जाभा कफी सप थियो। म र नारायण वाग्ले कफी खान त्यहाँ गएका थियौं।
कफी पर्खिँदै गर्दा मैले भनेँ, 'आज राति खासै निद्रा परेन।'
नारायणले भने, 'मैले त झनै हामीले खोल्ने नयाँ पत्रिकाको ले-आउट कस्तो हुन्छ भन्ने योजना बनाएर रात बिताएँ।'
आँखा थोरै सन्काउँदै उनले भने, 'पूरा ले-आउट तयार छ!'
मैले सोधेँ, 'अनि पत्रिका खोल्ने पैसा चाहिँ कहाँबाट आउँछ नि?'
आफ्नो ट्रेडमार्क मुस्कानसहित उनले भने, 'त्यो त तिमीले खोजिहाल्छौ नि!'
हामी दुवै मज्जाले हास्यौं। अमेरिकानोको चुस्कीको स्वाद अलग थियो त्यो दिन।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर वा यहाँ क्लिक गरेर सबस्क्राइब गर्नुहोस्।)