एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल सार्वजनिक रूपमा अक्सर भन्छन्, 'दलाल पुँजीवाद आजको मुख्य समस्या हो। यसको अन्त्य नगरी बलियो अर्थतन्त्र निर्माण गर्न सकिँदैन। देश उँभो लगाउन सकिँदैन।'
मैले एउटा भेटमा उनलाई भनेँ, 'तपाईंले दलाल पुँजीवादको सट्टा दलाल राजनीति आजको प्रमुख समस्या हो भन्नुभयो भने मात्र हामी समस्याको गाँठो फुकाउनेतिर उन्मुख हुन्छौं।'
यो लेखमा मूल रूपमा मैले यसै विषयका विभिन्न आयाम केलाएको छु। सुधारका लागि हामीले के गर्न सक्छौं भनेर लेखेको छु।
कतिपय मानिसलाई लेखेर के हुन्छ, बोलेर के हुन्छ, कसले सुन्छ भन्ने लाग्छ। गनगन गर्नु, निराश हुनु र बिरक्तिनुभन्दा समाजलाई यहाँबाट कसरी अगाडि लैजान सकिन्छ भनेर घोत्लिनु, बहस गर्नु र आफूले सकेको प्रयत्न गर्नु धेरै नै श्रेयस्कर काम हो।
बेथितिको वृक्ष ढाल्न हामीले आफ्नो भागको बञ्चरो हान्ने हो। एकएक नागरिकले हानेको बञ्चरोको चोटले नै यो बेथिति अन्ततः ढल्ने हो।
जहाँसम्म हामी आशावादी भएर कसरी बञ्चरो चलाइराख्ने भन्ने प्रश्न छ, यसबारे अमेरिकी चिन्तक रेनहोल्ड निबुहरको भनाइ मलाई खुब गजब लाग्छ।
उनी भन्छन् —
भगवान, म जे बदल्न सक्दिनँ, त्यो स्वीकार गर्न सक्ने शान्तिभाव देऊ; जे परिवर्तन गर्न सक्छु, त्यसो गर्न सक्ने हिम्मत देऊ; र, मैले परिवर्तन गर्न सक्ने र नसक्ने कुरा छुट्ट्याउने विवेक देऊ!
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)