राज्य गुमाएका नेपाली राजा–रजौटाको असन्तोष बढेको, हिन्दुस्तानको मराठा साम्राज्य कमजोर हुँदै गएको, पञ्जाबका महाराजा रणजित सिंहसँग मैत्री सन्धि हस्ताक्षर गरेको र चीन अफिमको नशामा चुर्लुम्म डुबेको त्यो समय नेपाल ऐतिहासिक रूपमै सबभन्दा कमजोर अवस्थामा थियो।
नेपालले पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म भूगोल विस्तार गरे पनि सामरिक रूपले आफ्नो शक्ति गुमाउँदै गएको थियो। उसको साथमा उभिने वा उसलाई संकट पर्दा सैन्य वा आर्थिक भरथेग गर्ने कुनै राज्य वरिपरि बाँकी थिएन।
जो थिए, तिनले या त ब्रिटिससामु घुँडा टेकेर आश्रय स्वीकार गरिसकेका थिए, या नेपालले नै लडाइँमा हायलकायल पारिसकेका कमजोर शक्ति थिए, जसले ब्रिटिससँग लड्ने सामर्थ्य राख्थेनन्।
यसरी भौगोलिक रूपले एक्लिएको र सामरिक रूपले कमजोर भएको मौका छोपेर ब्रिटिसले आफ्नो शक्तिशाली सैन्य बलका साथ पूर्वदेखि पश्चिम सीमासम्म एकैचोटि नेपाललाई च्यापे।
र, पृथ्वीनारायण शाहको समयदेखि राज्य विस्तारको गौरवशाली गाथा लेखिरहेको गोर्खा साम्राज्यलाई पहिलो ऐतिहासिक पराजयको चोट खुवाए।
सन् १७६७ को सिन्धुली लडाइँ तत्कालीन ग्रेट ब्रिटेनविरूद्ध ऐतिहासिक जितको गाथा हो भने १८१६ को सुगौली सन्धि ऐतिहासिक हारको।
त्यही हारको चोटमा मह्लम लगाउने काम गर्यो, १९२३ को सन्धिले।
शृंखलाको अघिल्लो अध्यायमा सिन्धुली लडाइँको चर्चा गरेपछि अब हामी सुगौली सन्धिले दिएको चोटको कथा भन्दैछौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)