कीर्तिपुर लडाइँमा ज्यान जोगाएर आधी रात हाँपदाँप गर्दै हनुमानढोका दरबार आइपुगेका सुबेदारले कान्तिपुरका राजा जयप्रकाश मल्लसमक्ष जाहेर गरे —
‘गोर्खाय् च्वंपिन्सं किपू त्याकल जुजु!’ (गोर्खालीहरूले कीर्तिपुर जिते महाराज!)
पराजयको खबरले जयप्रकाशका नौनाडी गले।
आक्रोश र अनिश्चयले थरथरी कामेका दुवै हात शिरतिर लगे।
जयप्रकाशको शिरमा मल्लवंशको राजमुकुट धरोहरका रूपमा धपक्क बलेको थियो। उनले त्यो मुकुट सपक्क मिलाए।
मल्लवंशको अर्को धरोहर मणिमाणिक्य जडित राजगद्दीलाई पनि आफ्ना दुवै हातले मायाले मुसारे।
लगभग छ सय वर्षदेखि नेपाल मण्डलमा अकन्टक शासन गर्दै आएको मल्लवंशको विरासतमा मडारिएको विघ्नबाट अत्तालिएर जयप्रकाश मल्लले गोर्खालीसँग भिड्न ब्रिटिस सहायता लिने निधो गरे।
जयप्रकाशको यही निष्कर्षले हिमाली तथा पहाडी क्षेत्रमा राज्य विस्तार गरिरहेको गोर्खाली सेना र दक्षिणमा आफ्नो अधिनायकत्व स्थापना गरिरहेको ब्रिटिस सेनालाई पहिलोपटक सिन्धुलीमा जम्काभेट गराउन मार्गप्रशस्त गर्यो।
सन् १९२३ डिसेम्बर २१ को नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धिको ऐतिहासिक पृष्ठभूमि यही सिन्धुलीगढीको जम्काभेटसँग जोडिन्छ।
यो स्टोरीमा हामीले त्यही सिन्धुलीगढी लडाइँको विस्तृत वर्णन गरेका छौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)