मिना गिरी काठमाडौंका गल्ली डुलेर साग बेच्छिन्। तीन छोरीकी आमा उनले रहर मार्दै उनीहरूको शिक्षाका लागि सहकारीमा पैसा जम्मा गरेकी थिइन्। सय-सय रूपैयाँ गर्दै जम्मा गरेको पैसा अहिले सहकारीले फिर्ता दिन सकेको छैन।
मिना जस्तै पेट काटेर जोगाउने हजारौंको पैसा सहकारीमा चलाउने टाठाबाठाले हिनामिना गरेका छन्।
तीमध्ये एक हुन् भरत महर्जन। सहकारीको चार अर्ब रूपैयाँभन्दा बढी पैसा आफ्ना निजी कम्पनीमा लगानी गरेर उनी पत्नीसहित बेलायत 'भागेका' छन्।
अर्का सहकारी सञ्चालक केदारनाथ शर्माले दुई सहकारीको १२ अर्ब ३१ करोड हिनामिना गरेर नेपाल, भारत र म्यानमारसम्म आफ्ना निजी कम्पनी विस्तार गरेका छन्।
देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बचतकर्ताको पैसाले आफू र आफन्तका नाममा ६५ ठाउँमा एक सय ३ रोपनी जग्गा जोडेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा खुलेको छ।
सहकारीको यति धेरै पैसा हिनामिना गर्न कसरी सम्भव भयो? नियमन गर्ने संस्थाले किन रोक्न सकेनन्? उनीहरूको पैसा फिर्ता दिलाउन सरकार के गर्दैछ?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)