'जसको मन नेपालमा छ' नेपाली समाजलाई माया गर्ने र लामो समयदेखि यहाँ योगदान गरिरहेका विदेशी नागरिकहरूको कथा शृंखला हो।
पहिलो कथा जर्मनीका गर्ट मथिआस वेगनरको।
लामो समय भक्तपुरमा बसेर काम गरेका ७५ वर्षीय वेगनर नेपाल भाषामा फर्ररै कुरा गर्न सक्छन्। नेपाली भाषामा पनि दक्ष छन्। तर यी दुईमध्ये एउटा भाषा रोज्नुपर्यो भने उनी नेपाल भाषा नै रोज्छन्। उनलाई नेपालीभन्दा नेपाल भाषा बोल्न सजिलो लाग्छ।
काठमाडौं उपत्यकाका रैथाने बाजा सिक्दै जाँदा र रैथानेहरूसँग उठबस गर्दै जाँदा वेगनरलाई के अनुभूति भयो भने — यी रैथाने बाजा र यहाँको स्थानीय संगीत लोप हुने क्रममा छ। यिनलाई जोगाएर राख्न सकिएन भने भविष्यमा बाजा मात्र होइन, बजाउनेहरू पनि भेट्न मुस्किल पर्नेछ।
यही अनुभूतिले वेगनरलाई विश्वविद्यालयअन्तर्गत संगीत विभाग स्थापना गरेर पठनपाठन गराउने इच्छा जागृत भयो।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ।)