मध्याह्न १२ बजे जसै नाका खुल्छ, स्थानीयहरू आफ्नो जीउमा अमिलोको प्याकेट लुकाएर सीमापारि पुर्याउन तल्लीन हुन्छन्। यसका लागि लुकाउन मिल्ने र सकिने जति ठाउँमा प्याकेट हाल्छन्। ‘यसरी लैजाँदा उताका सुरक्षाकर्मीले चाल पाउँदैनन्?’ हामीले एक युवकलाई सोध्यौं। ‘सबैतिर छाम्छन्, भेटे त किन लान दिन्थे र,’ उनले सुनाए, ‘हामी सकेसम्म उनीहरूका आँखा छल्छौं।’ उनले बुझ्ने भएदेखि मितेरी पुलमा बसेर सामान वारपार गर्दै आएका छन्। त्यसरी अमिलो कटाइदिएबापत् एक प्याकेटमा ५० रूपैयाँजति नाफा हुने उनी बताउँछन्। अमिलो मात्र होइन, उनी अरू मालसामान पनि वारपार गर्छन्। भुइँचालो अघिसम्म यसरी झोलापोकामा सामान वारपार गर्नेहरूको कमाइ मनग्ये थियो। त्यति बेला सामान कटाउनेले काठमाडौंको महाबौद्ध क्षेत्रमा पसल–व्यवसाय नै चलाउन सक्ने हैसियत बनाएका थिए। उनी आफैं पनि दैनिक १० हजार रूपैयाँसम्म कमाउँथे। यो हाम्रो कथा शृंखलाको दोस्रो भाग हो। (विस्तृतमा पढ्न सेतोपाटी सबस्क्राइब गर्नुहोस्।)