अमेरिकामा अहिले बेरोजगारी पछिल्लो ५० वर्षमा सबभन्दा कम छ। काम गर्न चाहने ९६ प्रतिशत मानिस रोजगार छन् भने ४ प्रतिशत मात्र बेरोजगार। अमेरिकी अर्थतन्त्र पनि अहिले विकसित देशहरूमध्ये सबभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ। श्रमिकको ज्याला दर र मानिसहरूको आय बढेको छ। सामाजिक सञ्जालमा भने अमेरिकी अर्थतन्त्र अति नै खराब रहेका भिडिओहरू भाइरल छन्। हालै न्यूयोर्क टाइम्सले गरेको एक सर्वेक्षणमा पनि २ प्रतिशत अमेरिकीले मात्र अर्थतन्त्र राम्रो रहेका बताएका छन्। अमेरिका मात्र होइन, सामाजिक सञ्जालमा बिक्ने अफवाहले संसार नै पिरोलिएको छ। नकारात्मक र भावनात्मक हिसाबले उद्वेलित गर्ने समाचारले मानिसलाई किन तान्छ? यो विषय मुख्य रूपमा मानव जातिको विकासक्रममा लामो समयसम्म उसले भोगेको डर, त्रास र हिंसाको दुष्चक्रसँग जोडिन्छ। यसले खुला समाज र लोकतन्त्रलाई के असर गर्छ? हामी यो चुनौतीसँग कसरी जुध्ने? (विस्तृतमा पढ्न सेतोपाटी सबस्क्राइब गर्नुहोस्।)