स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ।
जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा छ।
कांग्रेसले हालसम्म १३२ मेयर र १८८ अध्यक्षसहित ३२० वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै १०४ पालिकामा उपमेयर र १८९ पालिका उपाध्यक्षसहित कुल २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ।
यस्तै नेकपा एमालेले हालसम्म १ सय ९८ वटा पालिकाको प्रमुख जितेको छ भने २ सय २६ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र १ सय २० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ।
जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ। नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।
राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ। यस्तै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ।
यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ।
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ। यस्तै विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ। जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद हात पारेको छ।
१२ जना स्वतन्त्र उम्मेदवारले २ उपमहानगरसहित पालिकाको प्रमुख जित्न सफल भएका छन्। त्यस्तै ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन्।
अब २४ पालिकाको नतिजा आउन बाँकी छ। जसमा नेकपा एमालेले ६ वटा पालिकामा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ५, जसपाले ३, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्रका २-२ जनाले अग्रता लिएका छन्। २ वटा पालिकामा अझै गणना हुन सकेको छैन।
जिल्ला
|
पालिका
|
कैफियत
|
झापा
|
मेची नगर नगरपालिका
|
नेकपा एमालेको अग्रता
|
उदयपुर
|
कटारी नगरपालिका
|
नेकपा एमालेको अग्रता
|
उदयपुर
|
त्रियुगा नगरपालिका
|
गणना हुन बाँकी
|
सिराहा
|
गोलबजार नगरपालिका
|
नेकपा एमालेको अग्रता
|
धनुषा
|
जनकपुरधाम उपमहानगरपालिका
|
स्वतन्त्र उम्मेदवारको अग्रता
|
रौतहट
|
गढीमाई नगरपालिका
|
जसपाको अग्रता
|
रौतहट
|
गरूडा नगरपालिका
|
नेकपा एमालेको अग्रता
|
रौतहट
|
देवाही गोनारी नगरपालिका
|
नेकपा एमालेको अग्रता
|
रौतहट
|
फतुवा विजयपुर नगरपालिका
|
माओवादी केन्द्रको अग्रता
|
रौतहट
|
बैधीमाई नगरपालिका
|
जसपाको अग्रता
|
रौतहट
|
वृन्दावन नगरपालिका
|
एकीकृत समाजवादीको अग्रता
|
बारा
|
पचरौता नगरपालिका
|
लोसपाको अग्रता
|
पर्सा
|
वीरगन्ज महानगरपालिका
|
जसपाको अग्रता
|
काठमाडौं
|
काठमाडौं महानगरपालिका
|
स्वतन्त्र उम्मेदवारको अग्रता
|
ललितपुर
|
ललितपुर महानगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
चितवन
|
भरतपुर महानगरपालिका
|
माओवादी केन्द्रको अग्रता
|
कास्की
|
पोखरा महानगरपालिका
|
एकीकृत समाजवादीको अग्रता
|
रुपन्देही
|
तिलोत्तमा नगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
रुपन्देही
|
लुम्बिनी सांस्कृतिक
|
नेपाली कांग्रेसको अग्रता
|
रुपन्देही
|
कोटहीमाई गाउँपालिका
|
लोसपाको अग्रता
|
कपिलवस्तु
|
महाराजगञ्ज नगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|
दाङ
|
तुलसीपुर उपमहानगरपालिका
|
नेकपा एमालेको अग्रता
|
बाजुरा
|
बुढीगंगा नगरपालिका
|
गणना हुन बाँकी
|
अछाम
|
साँफेबगर नगरपालिका
|
नेपाली कांग्रेसको अग्रता
|