मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चुनावी परिणाम सकिन लागेको छ।
हालसम्म १६५ क्षेत्रमध्ये १६४ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचनमा विजयी हुने सांसदमध्ये सबैभन्दा कम मत ल्याएर जित्ने पाँच सांसदमा काठमाडौंका ३ जना छन्।
सबैभन्दा कम मत ल्याएर जित्नेमा मनाङका टेकबहादुर गुरूङ छन्। नेपाली कांग्रेसबाट चुनाव जितेका उनले २५७५ मत ल्याएर विजयी भए।
यस्तै दोस्रो कम ल्याउनेमा मुस्ताङबाट विजयी भएका योगेश गौचन थकाली छन्। कांग्रेसबाटै चुनाव जितेका उनले २९९२ मत ल्याए।
तेस्रो कम मत ल्याएर जित्नेमा काठमाडौं १ बाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह छन्। उनले ७ हजार १ सय ४३ मत ल्याएर सांसद जितेका छन्।
यस्तै चौथो कम मत ल्याएर जित्नेमा काठमाडौंकै क्षेत्र नम्बर ७ मा जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली छन्। उनले ८७४३ मत ल्याएर विजयी भएका हुन्।
यस्तै पाँचौ कम मत ल्याउनेमा काठमाडौं क्षेत्र नम्बर ८ का विराज भक्त श्रेष्ठ छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठले १० हजार ११२ मत ल्याएर चुनाव जितेका छन्।