दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले माओवादी केन्द्रका गंगा कार्कीसँग मतान्तर घटाएका छन्।
पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका गंगा कार्कीले १३ हजार ३ सय ९ मत ल्याउँदा एमालेका सिवाकोटीले १२ हजार ७ सय ४३ मत ल्याएका छन्। यसअनुसार उनीहरूबीचको मतान्तर ५ सय ६६ छ।
दोलखामा ४ मतदानस्थलका १० वटा मतदान केन्द्रमा मंसिर १५ मा पुन: मतदान भएको थियो।
यहाँ बिहीबार गणना सुरू भएको हो। यहाँ अहिलेसम्म २९ हजार ८ सय ९६ मत गणना भएको छ।