प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड ४ लाख १८ हजार ८ सय ३४ मत गणना भएको छ।
हालसम्मको विवरणअनुसार नेकपा एमालेले २७ लाख ८७ हजार ७ सय ५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख ८ सय ७८, नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ३ सय ९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ५ सय ९७, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ४६, जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय १३ मत प्राप्त गरेको छ।
कुल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ।
नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३ सय ५७, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ६१, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २ सय ८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, हाम्रो नेपाली पार्टीले ५५ हजार ६ सय १४, मङ्गोल नेसनल अर्गनाइजेसनले ४८ हजार ७ सय ८५ र राष्ट्रिय जनमोर्चाले ४६ हजार ३ सय ८१ मत प्राप्त गरेको छ।
आयोगका अनुसार प्रदेश नम्बर १ मा १८ लाख ९९ हजार १ सय ४४ मतगणना भएको छ।
एमालेले ६ लाख ६५ हजार ४ सय ६० मत प्राप्त गरेको छ। कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, राप्रपाले १ लाख ९८ हजार ५ सय ११, माओवादीले १ लाख ८१ हजार २ सय ४५, जनता समाजवादी पार्टीले ६१ हजार ७ सय २३ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ५५ हजार ९ सय ५७ मत प्राप्त गरेको छ।
मधेस प्रदेशमा २० लाख ८६ हजार २ सय ९८ मत गणना भएको छ।
कांग्रेसले ४ लाख १ सय ४४, एमालेले ३ लाख ५१ हजार ७ सय ६८, जनमत पार्टीले ३ लाख २९ हजार १ सय ७७, जनता समाजवादी पार्टीले २ लाख ९८ हजार ७ सय ७४, माओवादीले १ लाख ८० हजार ८ सय ६० र नेकपा एकीकृत समाजवादीले १ लाख १३ हजार ९ सय १५ मत प्राप्त गरेको छ।
बागमती प्रदेशमा १८ लाख ५७ हजार ९ सय ६६ मत गणना भएको छ।
यहाँ एमालेले ५ लाख ६२ हजार ६ सय ७५, कांग्रेसले ४ लाख ७१ हजार ९ सय ६१, राप्रपाले २ लाख ७२ हजार ८९, माओवादीले २ लाख ७० हजार ३ सय ७२, नेपाल मजदुर किसान पार्टीले ६८ हजार ६ सय ५४ र नेकपा एकीकृत समाजवादीले ६४ हजार १ सय ८ मत प्राप्त गरेको छ।
गण्डकी प्रदेशमा ९ लाख ८४ हजार ५ सय ३९ मत गणना भएको छ।
त्यसमा एमालेले ३ लाख ६७ हजार ३ सय ६१, कांग्रेसले ३ लाख ४९ हजार २ सय १५, माओवादीले १ लाख १६ हजार ८ सय ५१, राप्रपाले ५९ हजार ४ सय ४३, हाम्रो नेपाली पार्टीले १८ हजार ७ सय ३२ मत प्राप्त गरेको छ।
लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ।
त्यसमा एमालेले ५ लाख ७० हजार ९ सय २१, कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६, माओवादीले १ लाख ९८ हजार ४ सय ५०, राप्रपाले १ लाख २७ हजार ४ सय ५२, नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१, जनमत पार्टीले ८१ हजार ६ सय ५, जनता समाजवादी पार्टीले ६० हजार ८ सय ८६ मत प्राप्त गरेको छ।
कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८ सय २९ मत गणना भएको छ।
यहाँ एमालेले १ लाख ८३ हजार ९ सय ५०, कांग्रेसले १ लाख ७० हजार ७ सय ५६, माओवादीले १ लाख ३७ हजार ६ सय २९, नेकपा एकीकृत समाजवादीले ३५ हजार ८ सय २६, राप्रपाले २५ हजार १ सय ८६, नेपाल मजदुर किसान पार्टीले ८ हजार ९ सय ९३ मत प्राप्त गरेको छ।
सुदूरपश्चिम प्रदेशमा ८ लाख ३५ हजार ८ सय ९४ मत गणना भएको छ।
एमालेले २ लाख ४८ हजार ८ सय ४०, कांग्रेसले २ लाख ४३ हजार ३९, माओवादीले १ लाख १८ हजार ९ सय ३, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५ सय ५४, राप्रपाले ४३ हजार ८ सय ८ र नेकपा एकीकृत समाजवादीले ४१ हजार ८ सय ३९ मत प्राप्त गरेको छ।
देशभरका अन्य स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ। दोलखा र बाजुरा र स्याङ्जाको मतगणना भने जारी रहेको आयोगले जनाएको छ।