स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ विजयी भएका छन्।
उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका सचिव पद्मा अर्याललाई साढे पाँच हजारभन्दा बढी मतले हराएका हुन्।
अन्तिम परिणामअनुसार गुरूङले ३१ हजार ४ सय ६६ मत ल्याएका छन् भने एमाले सचिव अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी छन्। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय २७ छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ८ हजार १ सय १३ मत ल्याएका छन्।
२०७४ को निर्वाचनमा यो क्षेत्रबाट पद्मा अर्याल विजयी भएकी थिइन्। उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई हराएकी थिइन्।