प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले माओवादी केन्द्रका गंगा कार्कीसँग मतान्तर घटाएका छन्।
माओवादी केन्द्रका गंगा कार्कीले ११ हजार २ सय २० मत ल्याउँदा एमालेका सिवाकोटीले १० हजार ३ सय ११ मत ल्याएका छन्। हालको परिणाम अनुसार माओवादी केन्द्रका कार्की ९ सय ९ मतले अघि छन्।
यसअघिको परिणाममा माओवादी केन्द्रका कार्कीले १० हजार ७ सय ३७ मत ल्याउँदा एमालेका सिवाकोटीले ९ हजार ४ सय ७७ मत ल्याएका थिए।
दोलखामा ४ मतदानस्थलका १० वटा मतदानकेन्द्रमा मंसिर १५ मा पुन: मतदान भएको थियो।
मतदान सकिएपछि बिहीबारदेखि गणना प्रारम्भ भएको थियो।