बाजुरामा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले १ हजार ९ सय ९१ मतसहितको अग्रता लिएका छन्।
पाण्डेले १४ हजार १ सय ५ मत ल्याएका छन् भने एमालेका कर्णबहादुर थापाले १२ हजार १ सय १४ मत ल्याएका छन्।
मतदानका क्रममा विवादपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट एमालेका कार्यकर्ता चेतन अयडीको निधन भएको थियो।
अयडीको निधनपछि बाजुरामा मतगणना रोकिएको थियो।
निर्वाचन आयोगले पुन: मतदान नगर्ने निर्णय गरेपछि बाजुरामा बिहीबारदेखि मतगणना सुरू भएको हो।