मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ।
शुक्रबार राति साढे ११ बजेसम्म १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५५ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेको छ।
यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७-७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।
बाँकी रहेका ३ क्षेत्रमा गणना जारी छ। जसमा नेपाली कांग्रेसले २ ठाउँमा अग्रता लिएको छ भने माओवादी केन्द्रले १ ठाउँमा अग्रता लिएको छ।
हेर्नुहोस् कहाँ कसको अग्रता-
स्याङ्जा २
धनराज गुरूङ (नेपाली कांग्रेस) – १८०१९
पद्मा अर्याल (नेकपा एमाले) - १६४६१
टिकराज गुरुङ (राष्ट्रिय स्वतन्त्र पार्टी) - ६४९०
दोलखा
गंगा कार्की (माओवादी केन्द्र) -६,५७७
बालकृष्ण शिवाकोटी (नेकपा एमाले) - ५,७८१
जगदिश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) -१३५
बाजुरा
बद्रीप्रसाद पाण्डे (नेपाली कांग्रेस) -८०९५
कर्णबहादुर थापा (नेकपा एमाले) - ६१९५
जंगकुमार गिरि (राप्रपा) -४३