बाजुरामा बिहीबार बेलुकाबाट सुरू भएको मतगणना शुक्रबार बिहानदेखि दिउँसोसम्म रोकिएको भए पनि बेलुकाबाट भने पुन: सुचारू भएको छ।
चार वटा मतदान केन्द्रका मतपेटिकामा गणना गर्दा मुचुल्काभन्दा ३० वटा मत बढी देखिएका कारण मतगणना रोकिएको थियो।
अहिले उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा पुन: मतगणना सुरू भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकृत नवराज अवस्थीले जानकारी दिए।
उनका अनुसार निर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा डाटा फरक पर्न गएको निष्कर्षमा अहिले दलहरूबीच समझदारी भएको हो।
यसअघि जिल्लाका चार वटा मतदान केन्द्रको २ हजार ३ सय १२ मत खसेको भन्दै मतदान अधिकृतले डाटा दिएका थिए। तर, मतगणना गर्दा उक्त मतदान केन्द्रमा ३० मत बढी देखिएपछि मतगणना रोकीएको थियो।
अहिलेसम्म यहाँ कांग्रेसका बद्री पाण्डेले ५ हजा १ सय ६ र एमालेका कर्ण थापाले ३ हजार ९ सय ९४ मत पाएका छन्।
पाण्डे थापाभन्दा १ हजार १ सय १२ मतले अघि छन्।