स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदार गुरूङले १५ हजार ७२ मतसहित अग्रता लिएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले १२ हजार ९०९ मत प्राप्त गरी गुरूङलाई पछ्याइरहेकी छन्। यी दुईबीचको मतान्तर २१६३ छ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरूङले ५९६२ मत प्राप्त गर्दै अर्याललाई पछ्याइरहेका छन्।
यस्तै प्रदेश (ख) मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले २३३६ मतसहित अग्रता बनाएका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराईले २१४६ मतसहित पछ्याइरहेका छन्।
भट्टराई र श्रेष्ठको मतान्तर १९० रहेको छ।
यसअघि नै प्रदेश क मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन्।