एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाका सबै क्षेत्रमा अग्रता बनाएको छ।
केन्द्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता बढाउँदा प्रदेशमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार गणना भएको ८८९७ मत मध्ये कार्कीले ५ हजार ३५ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २९ सय २८ मत पाएका छन्।
यस्तै प्रदेशतर्फ नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन्।
प्रदेश १ को प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले ३४३३ मत पाएका छन् भने नेकपा एमालेले नरबहादुर श्रेष्ठले २७२८ मत ल्याएका छन्।
यस्तै प्रदेश २ को प्रत्यक्षतर्फ पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। यहाँ कांग्रेसका बर्मा लामाले ३५१५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार भरतबहादुर केसीले २५६१ मत ल्याएका छन्।
मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन: मतदान गरिएको थियो।