बाजुरामा बिहिबार बेलुकाबाट सुरू भएको मतगणना अहिले रोकिएको छ।
जिल्लाका चार वटा मतदान केन्द्रको २ हजार ३ सय १२ मत खसेको भन्दै मतदान अधिकृतले डाटा दिएका थिए। तर, मतगणना गर्दा उक्त मतदान केन्द्रहरुमा ३० मत बढी देखिएपछि मतगणना रोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले जानकारी दिए।
उनका अनुसार खसेको मत भन्दा बढी मत भएपछि अहिले असमझदारी र विवाद आएकाले एकछिनका लागि मतगणना कार्य रोकिएको हो।
‘उक्त विषयमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, केहि छिनमै फेरि सुचारु हुन्छ’, उनले सेतोपाटीसँग भने।
यहाँ कांग्रेसका बद्री पाण्डेले ५ हजा १ सय ६ र एमालेका कर्ण थापाले ३ हजार ९ सय ९४ मत पाएका थिए।
पाण्डे थापा भन्दा १ हजार १ सय १२ मतले अघि छन्।