एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता बढाएका छन्।
निर्वाचन आयोगका अनुसार गणना भएको ५९७० मत मध्ये कार्कीले ३ हजार ६ सय १८ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १८ सय मत पाएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले १ सय ३५ मत ल्याएका छन् भने राप्रपाका विजय खड्काले ६५ मत ल्याएका छन्।
यस्तै प्रदेशतर्फ नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता बनाएका छन्।
प्रदेश १ को प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले २५२५ मत पाएका छन् भने नेकपा एमालेले नरबहादुर श्रेष्ठले १६१६ मत ल्याएका छन्।
यस्तै प्रदेश २ को प्रत्यक्षतर्फ नेकपा एमालेले अग्रता बनाएको छ। एमालेका उम्मेदवार भरतबहादुर केसीले २१८५ मत ल्याउँदा नेपाली कांग्रेसका बर्मा लामाले १८५७ मत पाएका छन्।
मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन: मतदान गरिएको थियो।