स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्।
अर्यालले निकटम प्रतिस्पर्धी नेकपा(एमाले) का उम्मेदवार मोहन प्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले पछि पारेका हुन्।
अर्यालले १५ हजार १ सय ६१ मत ल्याउँदा रेग्मीले १२ हजार ४ सय ३१ मत पाए।
रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान् सदस्य समेत हुन्। उनी २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो।