एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले सुरूवाती अग्रता लिएका छन्।
कार्कीले १ हजार ६ सय ५४ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९ सय ११ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले एक सय १८ मत ल्याएका छन् भने राप्रपाका विजय खड्काले ५२ मत ल्याएका छन्।
मतगणना जारी छ। यहाँ मंसिर ४ मा भएको मतदानका क्रममा केही केन्द्रमा धाँधली भएपछि बिहीबार पुन: मतदान गरिएको थियो।