दोलखामा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ।
बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुन: निर्वाचन गरेको हो। उक्त निर्वाचन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगा पौडेलले जानकारी दिए।
उनले छिटपुटका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए।
‘खासै झडप भएको छैन। सामान्य वादविवाद भयो। एक ठाउँमा ढुंगाले हानेर गाडीको सिसा फुटेको हो,’ उनले भने, ‘अरू शान्तिपूर्ण तरिकाले मतदान सकियो।’
यस्तै, अहिले सर्वदलीय बैठक बसेपछि मतगणना कहिले गर्ने भनेर निर्णय गरिने उनले बताए।
बैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र ग मा पुनः मतदान भएकाे हाे।
त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुँदैछ।
बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान सुरू हुँदैछ।
मंसिर ४ गते बुथ कब्जा भएपछि यस क्षेत्रमा पुन: मतदान गरेको हो।