राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका ७ निर्वाचन क्षेत्रमध्ये ५ वटामा एमाले दोस्रो भएको छ।
चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३४ हजार २ सय १८ मतसहित निर्वाचित हुँदा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ३४ मत ल्याए। चितवन १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ हजार ६ सय ९१ मत ल्यायो भने एमाले २४ हजार ६ मतसहित दोस्रो भयो।
यस्तै, काठमाडौं २ मा सोबिता गौतम निर्वाचित हुँदा एमालेका मणिराम फुयाँलले ११ हजार ५ सय ५६ मत ल्याए। काठमाडौं २ समानुपातिकतर्फ घन्टी चिन्हमा १३ हजार ८ सय ७९ मत आउँदा एमाले ९ हजार ५ सय ५४ मतसहित तेस्रो भयो। यो निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ राप्रपा ११ हजार ८ सय १६ मत सहित दोस्रो भयो।
काठमाडौं ६ मा शिशिर खनालले १४ हजार २ सय २१ मत ल्याउँदा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय १७ मत ल्याए। यो निर्वाचन क्षेत्रमा रास्वपा समानुपातिकमा ११ हजार ९ सय ९६ मतसहित पहिलो हुँदा एमाले ८ हजार १९ मत सहित दोस्रो भयो।
काठमाडौं ७ मा एमालेका श्यामकुमार घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग १९ सय ४३ मतले पछि परे। पराजुलीले ८ हजार ८ सय ४३ मत ल्याउँदा एमालेका घिमिरेले ६ हजार ८०० मत ल्याए। काठमाडौं ७ मा घन्टीले समानुपातिकमा १० हजार ५ सय ८८ मत प्राप्त गर्दा सूर्यमा ६ हजार २ सय ९९ मत आयो।
ललितपुर ३ मा घन्टीवाहक उम्मेदवार तोसिमा कार्की ३१ हजार १ सय ७६ मतसहित निर्वाचित हुँदा दोस्रो भएका एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याए। यस निर्वाचन क्षेत्रमा पनि रास्वपाले समानुपातिकतर्फ १६ हजार ६ सय ५० मत प्राप्त गर्दा एमाले १२ हजार २ सय ९७ मतसहित दोस्रो भयो।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३०० मत सहित निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९ सय ८८ मत सहित दोस्रो भए। यो निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ घन्टीले ३५ हजार ९ सय ४५ मत ल्याउँदा एमाले १६ हजार ७ सय ८४ मत सहित दोस्रो भयो।
काठमाडौं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १ सय १२ मतसहित निर्वाचित हुँदा हाम्रो नेपाली पार्टीका सुमन सायमी ६ हजार १ सय ७१ मत सहित दोस्रो भए।
यो निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ ८ हजार १ सय ४ मत सहित रास्वपा पहिलो पार्टी हुँदा एमाले ४ हजार ५५ मत सहित पाचौँ भयो। हाम्रो नेपाली पार्टी ५ हजार २३ मतसहित दोस्रो भयो।