स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले अग्रता कायमै राखेकी छिन्। अर्यालले २ हजार ९ सय २० मत प्राप्त गरेकी छिन्।
लामो समयको विवादपछि मतदान सकिएको दशौँ दिनबाट मतगणना सुरू भएको स्याङ्जामा अर्यालले सुरूआतदेखि नै अग्रता कायम राखेकी हुन्।
त्यस्तै, अर्यालकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुरूङले २ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।
उनीहरूबीच ११ मतको अन्तर छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिक राज गुरुङले ५ सय ८९ मत प्राप्त गरेका छन्।