बागमती प्रदेशमा सभामा सरकार गठनका लागि सत्ता गठबन्धनलाई आरामदायी बहुमत पुग्ने भएको छ। १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ।
प्रदेश सभामा ६६ जना सांसद प्रत्यक्षबाट र ४४ जना समानुपातिक प्रणालीबाट चयन हुन्छन्। सत्ता गठबन्धनले प्रत्यक्षतर्फ नै ४३ सिट जितेको छ भने समानुपातिकतर्फ पनि गठबन्धनकै अग्रता छ।
बागमती प्रदेशमा एमालेले प्रत्यक्षतर्फ १२ सिट जितेको छ। समानुपातिकतर्फ एमालेले हालसम्म ५ लाख २ हजार ९ स २३ मत ल्याएको छ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले त्यहाँ प्रत्यक्षतर्फ २४ सिट जित्दा समानुपातिकतर्फ ४ लाख २७ हजार २ सय ३९ मत ल्याएको छ।
यस्तै माओवादी केन्द्रले प्रत्यक्षतर्फ १२ सिट जित्दा समानुपातिकमा २ लाख ३६ हजार ५ सय ५९ मत ल्याएको छ।
सत्ता गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा ५ सिट जितेको छ भने समानुपातिकमा ५२ हजार ३ सय ५७ मत ल्याएको छ। बागमती प्रदेश सभामा दोलखाका २ क्षेत्रको मतगणना बाँकी नै छ।
यसअघि बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरेका थिए। त्यसबेला कांग्रेस र समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको भए पनि कांग्रेसका इन्द्र बानियाँले अवसर पाएनन्।
पाण्डे प्रतिनिधि सभातर्फ निर्वाचित हुँदा बानियाँ मकवानपुर २ को प्रदेशसभा २ बाट निर्वाचित भएका छन्। अघिल्लो पटकका दाबेदार बानियाँले यसपटक नेतृत्व गर्ने सम्भावना बलियो छ।
बागमती प्रदेशसभामा निर्वाचित कांग्रेसका उम्मेदवार
रामुकमार पहाडी
छेत्र बहादुर बम्जन
प्रभात तामाङ
मदुकुमार श्रेष्ठ
रमेशकुमार महन
बहादुरसिंह लामा
दिपेन्द्र श्रेष्ठ
सुरज चन्द्र लामिछाने
छिरिङ दोर्जे लामा
बिमल ठकुरी
श्रीराम लामिछाने
श्यामबहादुर खड्का
हरिप्रभा खड्की
पुकार महर्जन
सुरेश श्रेष्ठ
मीनकृष्ण महर्जन
रामकृष्ण चित्रकार
तिर्थबहादुर लामा
कन्चन चन्द्र वादे
मसिना खड्का
कृष्णकुमार तामाङ
उत्तम जोशी
माओवादीबाट निर्वाचित
तारा नारायण श्रेष्ठ
युवराज चौलागाइँ
मातृतका प्रसाद भट्टराई
गंगा नारायण श्रेष्ठ
इन्द्र प्रसाद गोतामे
शालिकराम जम्कट्टेल
राधिका तामाङ
रामप्रसाद ढुंगाना
रत्नप्रसाद ढकाल
सरल सहयात्री पौडेल
युवराज दुलाल
प्रेम बहादुर पुलामी
कुमारी मुक्तान
ठाकुर प्रसाद ढकाल
समाजवादीबाट निर्वाचित
बसन्तप्रसाद मानन्धर
रमा आले मगर
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
कृष्णप्रसाद शर्मा खनाल
एमालेबाट निर्वाचित सांसद
जयराम थापा
अमनकुमार मास्के
प्रकाश श्रेष्ठ
केशप्रसाद पोखरेल
किरण थापा मगर
मधुसुधन पौडेल
रामेश्वर श्रेष्ठ
रघुनाथ महर्जन
प्रेम भक्त महर्जन
एकलाल श्रेष्ठ
जगन्नाथ थपलिया
कृष्णप्रसाद सिलवाल
नेमकिपा
सुरेन्द्रराज गोसाइँ
हाम्रो नेपाली पार्टी
शैलेन्द्र मान ब्रजाचार्य