मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ। सोमबार बिहान साढे ७ बजेसम्म १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ।
यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७-७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।
बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा-२ र बाजुराको मत गणना भने हुन बाँकी छ।
४ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले १ ठाउँमा अग्रता लिएको छ।
हेर्नुहोस् कहाँ कसको अग्रता-
सुनसरी ३
भगवती चौधरी (नेकपा एमाले) - ३२४१७
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) - २७६५६
सुनसरी ४
ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) - २३४३९
जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) - २३३४१
उदयपुर १
नारायण खड्का (नेपाली कांग्रेस) - २१८३३
मञ्जु चौधरी (नेकपा एमाले) - २०१२०
धनुषा ४
महेन्द्र यादव (नेपाली कांग्रेस) - ३१३१६
रघुबीर महासेठ - ३१०२१