इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १मा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल हार्ने निश्चित भएको छ।
प्रत्यक्षतर्फका मतगणना सक्दा नेकपा एमालेका महेश बस्नेतले जित्ने पक्का भएको हो।
निर्वाचन अधिकृत राजकुमार दाहालले समानुपातिक र प्रदेशतर्फको गन्दा पनि प्रत्यक्षको मतपत्र भेटिएको हुँदा अन्तिम घोषणा गर्न बाँकी रहेको जानकारी दिए।
प्रत्यक्षको मतगणना सकिँदा महेश बस्नेतले २५ हजार ६९९ मत पाएका छन् भने खनालले २३ हजार ४५ मत पाएका छन्।
उनीहरूबीच २ हजार ६५४ मतान्तर छ।
अहिले समानुपातिक र प्रदेशतर्फको मतगणना भइरहेको निर्वाचन अधिकृत दाहालले जानकारी दिए। त्यहाँ पनि ४०-५० वटा प्रत्यक्षका मत भेटिएको उनले बताए।