सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले सुरूआती अग्रता अझै कायम राखेकी छन्।
निर्वाचन आयोगका अनुसार ६१ हजार ४८९ मत गणनामा गोमा तामाङ (सरिन)ले १२ हजार ८५५ मत ल्याएकी छिन्। उनले एमाले–जसपाका उम्मेद्वार अशोक कुमार राईलाई ३५१ मतले पछि पारेकी छन्। राईले हालसम्म १२ हजार ५०४ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ९ हजार ९०० मत पाएका छन्।
स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोको मत ६ हजार ७२८ रहेको छ भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले ५ हजार ८९१ मत पाएका छन्।