इलाम क्षेत्र नम्बर २ मा स्थगन गरिएको मतगणना फेरि सुरू भएको छ।
हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै कांग्रेस कार्यकर्ताहरूले विरोध गरेपछि इलाम-२ को मतगणना स्थगन भएको थियो।
केही मतदान केन्द्रको मतगणना गर्दा गर्दै स्थगन भएको गणना कार्य शनिबार राति सवा ९ बजे सिटी हल इलाममा फेरि सुरू भएको निर्वाचन कार्यालयले जनाएको छ।
करिब एक हजार मत गन्न बाँकी रहेको यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ अगाडि छन्। उनले १५० मतले अग्रता लिएका छन्।
नेम्वाङले २९ हजार १ सय ३५ मत पाउँदा उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ५ मत पाएका छन्।