धनुषा क्षेत्र नम्बर १ जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन्। उनले नेकपा माओवादीका उपमहसचिव मातृकाप्रसाद यादवलाई झन्डै ६ हजार मतान्तरले हराएका हुन्।
अन्तिम मत परिणामअनुसार कार्कीले २७ हजार ४ सय ३१ मत ल्याउँदा यादवले २१ हजार ४ सय ८३ मत ल्याए। उनीहरूको मतान्तर ५ हजार ९ सय ४८ छ।
जनमत पार्टीका किशोरी साह तेस्रो स्थानमा छन्। उनले १४ हजार ४ सय ६८ मत ल्याएका छन्।