यो साता दुई सरकारी कार्यालयमा काम लिएर गएको थिएँ। काम त भयो तर मुस्किल। असहज र हैरानीको कुरा गर्यो भने सबैले नकारात्मक सोच भन्नुहुन्छ त र यो लेख्दै गर्दा यो मेरो भोगाइ मैले थप सुधार हुन सक्ला अपेक्षा छ। किनकि मसँग न पार्टी छ न संगठन या न भीड। मैले गर्न सक्ने यही हो।
‘आफू भलो जगत् भलो’ भन्छन्। के सही के गलत तर आफ्नो मात्र भलो चाहने सोचले देश बिग्रँदै छ। एकात्मक सोच, एकल परिवार, मुद्रामोह, बौद्धिक उद्दण्डता तथा बौद्धिक बदमासी, राजनेताको अकर्मण्यताभन्दा बढी छ तर दोष राजनीतिलाई मात्र देखाइन्छ र पनि दोष सेवाग्राही, कर्मचारी, नेता, दल सबैको थोर बहुत छ र पनि हामी आफैँ नै दोषी हो।
केही दिन अगाडि एक सरकारी अड्डामा गएको थिएँ। शौचालय जाँदा पुरुष शौचालयमा चुकुल नलाग्ने रहेछ। तत्काल गएर हाकिम सापलाई दर्साएँ तर त्यहाँ हाकिम सँगसँगै सोफामा गफिँदै गरेका कर्मचारीले 'मेल ट्वाइलेटमा चुकुल किन चाहियो?' भन्नुभयो। हाकिमले भने ‘अर्को तलामा ट्वाइलेट छ, त्यहाँ जानुहोस्’ भन्नुभयो।
मेरो मनसाय शौचालय बिग्रेको भन्ने थियो र उहाँलाई जानकारी मात्र गराउनु थियो। उहाँले धन्यवाद भन्नु पर्नेमा अर्को तल्लामा छ भन्नुभयो। पढ्ने जान्नु एउटा कुरा हो; ग्रहण गर्नु, नैतिक बन्नु, जिम्मा लिनु अर्को कुरा हो। शौचालयको कुरा उठाउँदा फलानाले त काम नपाएर शौचालयको कुरा गरेको भन्लान् तर हिसाब र पिसाब क्लियर हुनुपर्छ।
अर्को सरकारी अड्डामा बिहान ११:१५ मा पुगेको थिएँ जबकि साँझ ४:१५ मा काम सकियो। मेरो कागज पूरा थियो तर काम धेरै मुस्किल। पैसा तिर्न अनलाइन गर्नुपर्ने। सेवाग्राहीलाई दिने निर्देशन र गर्नुपर्ने काम किस्ता-किस्तामा भन्ने कस्तो गाह्रो। चार पटक त साइबर गएँ। कहिले यो मिल्दैन, कहिले त्यो मिल्दैन भन्ने।
यसरी एउटा सामान्य प्रमाणपत्र नवीकरण गर्न एक दिन लागेकोमा अरू कामको हालत के होला! दिनमा बाइस सय मानिस बाहिर गए भन्छन्, सबै बाहिरिने कारण पैसा मात्र होइन कि अरू पनि हो कि समीक्षा गरौँ।
ट्वाइलेट शब्द आफै बहुवचन रहेछ किनकि शौचालयमा महिला, पुरुष र समलिंगी हुने रहेछ तर त्यहाँ दुई मात्र थिए। सेवाग्राहीलाई पार्किङ, फाइल घुमाउने, घन्टौँ समय लगाउने, अनावश्यक कागज माग्ने, सेवाग्राहीलाई हेप्ने त छँदै छ। कुनै कुनै कार्यालयमा सेवाग्राहीलाई र कर्मचारीको अलग्गै शौचालय छन्। चाहे अस्पताल होस् या अन्य स्थान, सबैतिर शौचालयको समस्या छ नै। कतिपय सरकारी बैंकमा सेवाग्राहीलाई पार्किङ समेत लाग्छ।
सरकारी कार्यालयमा सेवाग्राहीलाई हुनसम्मको पीडा छ, सुशासन, लोकतन्त्र कुरा गरे पनि निजामती तन्त्र सुध्रन समय लाग्छ होला सायद। सेवाग्राहीलाई कर्मचारी आफैबाट गर्न सकिने काम पनि दलाल र एजेन्ट लगाउने गर्दा सेवाग्राहीलाई चर्को परेको छ। सत्य सेवा सुरक्षण, सेवा नै धर्म हो, पारदर्शिता, निष्पक्षता, स्वच्छता र जिम्मेवारी जे भने पनि काम चाहिँ उही नै छ। निकाय अनगिन्ती छन् र पनि काम सीमित छ।
अदालतमा त झनै भूखण्ड छ तसर्थ ‘झगडिया मुद्दा गर्नभन्दा अन्यायमा पर्न ठिक’ भन्छन्। मालपोत र नापीमा मानिसको घुइँचो हुन्छ, कर्मचारी सास फेर्न पाउन्नन्। बिचरा कोही कोही अफिसमा कर्मचारी खाजासम्म खान समय पाउन्नन् र कतै निदाएर हाई हाई गरेर बस्छन्। सरकारी अफिसको कामको तालमेल र बाँडफाँड मिलेको छैन जस्तो छ।
सबैतिर निजी क्षेत्र भएकोमा सरकारी अफिस भेट्दा आफ्नै घर जस्तो लाग्छ नेपालीलाई। निजी अफिसमा त हर चिजमा पैसा लाग्छ। अब सार्वजनिक त टुँडिखेल र रत्नपार्क मात्र बाँकी छ।
नगरपालिकाले शौचालय फ्री गर्यो। यदाकदा सबै दंग तर धेरै टिकेन या अनुगमन भएन कि? के भयो खासमा प्रभावकारी भएन। सबैतिर सहर फोहर भयो भन्छन् तर मलमूत्र विसर्जनको बारेमा कोही बोल्दैनन्। सबैलाई ग्राहक सेवाग्राही चाहिन्छ तर सेवाग्राहीलाई दिने निम्नतम सुविधामा कोही सजग छैन।
मलिन सेवाग्राहीको अनुहारबाट समृद्धि सुशासन झल्किन्छ अन्यत्र खोज्न पर्दैन। अमेरिकी कलाकार डाफे जुनिगाको अनुसार नासिँदै गएको वनको कारण ट्वाइलेट पेपर हो जबकि मानिस वातावरण नै बिगारेर भए पनि हाइजिन शौच मलमूत्र सही विसर्जन गर्छन्। यो उदाहरण काफी हो। सरकारी कार्यालय सेवाग्राहीका लागि हो, तलब जनताको करले तिर्ने हो नबिर्सौँ।