हेपाटाइटिस मूलतः एक कलेजो सम्बन्धी रोग हो, जो भाइरल सङ्क्रमणका कारण हुन्छ। यो रोगमा कलेजो सुन्निने गर्छ। भाइरल हेपाटाइटिसलाई 'साइलेन्ट किलर' पनि भनिन्छ। हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ। हेपाटाइटिस 'ए' र ‘ई’भन्दा 'बी' र 'सी'को सङ्क्रमण घातक हुने गरेको छ।
हेपाटाइटिसमा ए, बी, सी, डी र ई गरी ५ प्रकारका भाइरस हुन्छन्। यी पाँच भाइरसलाई गम्भीरतापूर्वक लिनुपर्छ किनभने यिनीहरूको कारण हेपाटाइटिस महामारीको रूपमा बढ्दै गइरहेको छ र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ। हेपाटाइटिस प्रकार बी र सीले लाखौँ मानिसहरूमा दीर्घकालीन रोग निम्त्याउँछ किनभने यसले कलेजो सिरोसिस र क्यान्सर निम्त्याउँछ। हेपाटाइटिस बारे जनचेतना जगाउन र जन्मेपछि बच्चालाई खोप दिएर हेपाटाइटिसबाट बच्न सकिन्छ।
हेपाटाइटिस कति प्रकारका हुन्छन्?
हेपाटाइटिस भाइरल इन्फेक्सनबाट हुने गर्छ जसलाई भाइरसका आधारमा ५ प्रकारमा विभाजन गरिएको छ।
हेपाटाइटिस ए– दूषित खाना र दूषित पानीको उपभोगका कारण हुन्छ।
हेपाटाइटिस बी– यो खोपबाट बचाउन सकिने सङ्क्रमण हो। यो सङ्क्रमित व्यक्तिको रगत, वीर्य, व्यक्तिसँगको यौन सम्पर्क र सङ्क्रमित व्यक्तिहरूले प्रयोग गरेको सुईहरूबाट फैलने गर्दछ।
हेपाटाइटिस सी– यो हेपाटाइटिस सी भाइरस रगत र सङ्क्रमित इन्जेक्सनको प्रयोगले यो हुन्छ।
हेपाटाइटिस डी– हेपाटाइटिस डी सङ्क्रमित व्यक्तिको रगत र शरीरको पदार्थबाट फैलने गर्दछ। पहिले नै हेपाटाइटिस बी भाइरसबाट सङ्क्रमित व्यक्तिहरू मात्र यो भाइरसबाट सङ्क्रमित हुन्छन्।
हेपाटाइटिस ई– यो हेपाटाइटिस ई भाइरस विश्वका अधिकांश देशहरूमा हेपाटाइटिस सङ्क्रमणको कारण यही हो। यो प्रायः विषाक्त पानी र खानाको कारण हो।
हेपाटाइटिसको कारण के हो?
हेपाटाइटिस कलेजोमा सूजनका कारण हुन्छ। यो भाइरल सङ्क्रमणका कारण ज्यान पनि जोखिममा पर्न सक्छ, अर्थात् हेपाटाइटिस घातक सङ्क्रमण हो। यसका धेरै कारण हुन सक्छन्-
भाइरल इन्फेक्सन- विशेष गरी हेपाटाइटिस ए, हेपाटाइटिस बी र हेपाटाइटिस सी भाइरल इन्फेक्सनको कारणले हुन्छ।
स्वतः प्रतिरक्षा अवस्था- अक्सर, शरीरको प्रतिरक्षा कोशिकाहरूले कलेजो कोशिकाहरू क्षतिग्रस्त भएको सङ्केत गर्दछ।
अल्कोहल पिउनाले- अल्कोहल हाम्रो कलेजोबाट सिधै मेटाबोलिजम हुन्छ, जसका कारण यो शरीरका अन्य भागहरूमा पनि घुम्न थाल्छ। तसर्थ जब कसैले धेरै मदिरा सेवन गर्छ, त्यो व्यक्तिलाई हेपाटाइटिसको जोखिम बढ्छ।
औषधिको साइड इफेक्ट- यो पनि हेपाटाइटिसको कारण हो। कतिपय औषधिको अत्यधिक सेवनले कलेजोका कोशिकाहरू सुन्निने र हेपाटाइटिसको जोखिम बढाउँछ।
हेपाटाइटिसका लक्षणहरू के-के हुन्?
हेपाटाइटिसको सुरुमा कुनै धेरै स्पष्ट लक्षणहरू देखिँदैन यद्यपि सङ्क्रामक र पुरानो हेपाटाइटिसमा यी समस्याहरू धेरै स्पष्ट रूपमा लक्षणको रूपमा देखा पर्छन्।
जन्डिस
पिसाबको रङ्गमा परिवर्तन
थकाइ लाग्ने
वाकवाक आउने वा बान्ता हुने
पेट दुख्ने र फुल्ने
जीउ चिलाउने
खान मन नलाग्ने
अचानक वजन घट्ने
हेपाटाइटिसको निदान के हो?
चिकित्सकहरूले लक्षण र अवस्थाको गम्भीरताका आधारमा हेपाटाइटिसको निदान गर्छन्। कलेजोमा सुन्निने, छाला पहेँलो भएको, पेटमा तरल पदार्थ जमेको आदि पत्ता लगाउन शारीरिक जाँच गराइन्छ। यसका लागि यी परीक्षणहरू गर्न सल्लाह दिइन्छ–
पेटको अल्ट्रा साउन्ड
कलेजो कार्य परीक्षण
कलेजो बायोप्सी
हेपाटाइटिसको उपचार के हो?
हेपाटाइटिस केही हप्तामा कम हुन थाल्छ र बिरामीले आराम पाउन थाल्छ। जबकि, क्रोनिक हेपाटाइटिसमा औषधि खानुपर्छ। कलेजो फेल भएमा कलेजो प्रत्यारोपण पनि एक विकल्प हो।
हेपाटाइटिसमा आहार कस्तो हुनुपर्छ?
स्वस्थ आहारको मद्दतले हेपाटाइटिसको समस्यालाई व्यवस्थापन गर्न सजिलो हुन्छ। यद्यपि, आहार अवस्थाको गम्भीरता र कलेजोको सूजनको आधारमा निर्धारित गरिन्छ। यसका साथै आहारसँग सम्बन्धित यी कुराहरूलाई ध्यानमा राख्दा पनि फाइदा हुन्छ।
काउली, ब्रोकाउली, सिमी, स्याउ, एभोकाडोलाई आफ्नो आहारमा समावेश गर्नुहोस्।
आफ्नो खानामा प्याज र लसुन जस्ता परम्परागत मसलाहरू समावेश गर्नुहोस्।
प्रशस्त पानी पिउनुहोस्, ताजा फलफूलको जुस पिउनुहोस्।
मदिराको खपत घटाउनुहोस्, गहुँको खपत कम गर्नुहोस्।
जङ्क फुड, परिष्कृत पिठोबाट बनेको खानेकुरा, प्रशोधित खाना र मिठो चिजहरू उपभोग नगर्नुहोस्।
आफ्नो खाना राम्ररी खानुहोस्। यसो गर्दा खाना पचाउन सजिलो हुन्छ।
एकै चोटि भारी खाना खानुको सट्टा, दिनमा ४–६ पटक थोर थोरै खाना खानुहोस्।
हेपाटाइटिस भएका बिरामीलाई शारीरिक व्यायाम, स्वस्थ खाना, चिल्लो, पिरो र धेरै नुनिलो खान हुँदैन। कलेजोलाई असर पर्ने खाना खान हुँदैन। रक्सी,चुरोट खानु हुँदैन।
(लेखक हेल्थ असिस्टेन्ट हुन्।)