फ्याउरो कराउँदै रहन्छ, कुकुर भुक्दै रहन्छन् जति कराए पनि, चिच्याए पनि। विष वृक्ष रोपेर संजीवनी अर्थात् अमृत हुँदैन।
अर्को पटक प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि नहुने भएपछि लोकप्रिय काम गरेको देखेर कसैले अनुचित अनावश्यक डाहा रिस राग गर्छ भने त्यो निरर्थक देशको लागि अभिशप्त हो।
कसले के गरिरहेको छ भनेर जनले घरको कौसीमाथि बसेर नियालेर हेरिरहेका हुन्छन्। वनको बाघले भन्दा मनको बाघले खाएको जस्तै अभिनेताले अभिनय गर्नु भएन। तर कसैले देश र जनताको पक्षमा यदि त्यस्तो उल्लेखनीय तुजुक दृष्टान्त फेहरिस्त देखाउने मनचिन्ते सपनाहरू छन् भने भन्नु केही छैन।
डम्फु बजाएर नालिबेली अमूर्त हठ आलप बाहेक निम्छरोपन आफ्नो बचाउ अलंकारिक सुझबुझ सुरासुरी परिचालन गरेर नदीको बाटोमा आइलाग्ने गोहीले झम्टा मारोस् तर मेरो ताकत त्यसलाई हातले घचेटेर मारिदिन्छु भने जस्तैः साक्षी सार्वभौम जनता छन्।
नेपालको इतिहासमा नेपाली जनताले 'मरे अमरत्व बाँचे इतिहास निर्माण' भनेर ७० वर्षको अनवरत लामो संघर्ष गरे। आज उप्राप्त संवैधानिक रूपमा सीमित प्राप्त उपलब्धि पनि च्युत हुने त होइन भन्ने गम्भीर आशंका उब्जिएको छ।
दुई दुई पटक संविधानसभाको निर्वाचन गर्दा देशलाई ठूलो धनजनको क्षति बेहोर्नु परेको फेहरिस्त हाम्रो सामु छ। त्यतिबेला पनि जुँघाको लडाइँ परदेशीहरूको भर्पाइ, हेपाइ, चेपाइ डम्फूको ताल नभएको भने होइन।
स्वतन्त्र सार्वभौम देश त्यसैमा जनक्रान्तिको राप र तापमा सिर्जित सोझा साझा गाउँलेको मतबाट निर्माण गरेर संविधानसभा त्यति परजीवीको बगाल भएछ निरीह जनलाई के थाहा? मूल कानुन बनाउन त्यत्रो धम्पना आनाकानी नानीदेखिको बल किन गरेको होला?
जहिले पनि प्रणाली वर्काउने फर्काउने, मधुरस चुस्ने अनि हिसाबकिताब माग्दा ढुंग्रो लुकाउने? कसैले भाग नपाए कसैले सानो भाग पाएर ठुस्स परेको थाकेको छडुवा साढे जस्तो होलान्। अचम्म कुरा के भने मवाद हावी अहंकार छरपस्ट छ।
कर्तव्यबोध नगर्ने यदाकदा गरेछ भनेपनि स्वार्थ प्रेरित देखिन्छ। स्वार्थ प्रेरित भयो भने मानिसले अनुशासनको घेरा नाघ्छ। अनुशासित नै सज्जन कहलिन्छ। अनुशासनहीन व्यक्तिलाई दुर्जन नभनेर के भन्ने? दुनियाँ त स्वार्थी हुन्छ, सार्वजनिक पदासिनहरूले सच्चा राजमार्ग तिर देशलाई डोर्याउन सक्नुपर्छ।
सत्कर्मले नै सत्मार्गको गोरेटोतिर डोर्याउन सक्छ। अनुहार हेरेर कुन सक्कली को नक्कली भनेर छुट्याउन सकिदैन। उसको आचरण लगनशीलता कर्तव्यबोध जिम्मेवारी निर्वाहबाट बोली र उसको व्यवहारले बोध गर्न सकिन्छ।
देश बनाउन सबैले कम्मर कसेर लाग्नुपर्छ। हाम्रा पूर्खाले सानातिना दु:खले आर्जेको स्वतन्त्रता बचाएको मुलुक होइन।
नेपाली समाज भौगोलिक बनावट विविधतामा एकता पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म, उत्तरमा हिमाल, मध्य भागमा पहाड, देशको दक्षिणमा तराईको फाँट, ठूला जंगलहरू, हजारौं नदीनाला, ताल पोखरी झरना, फरक फरक स्थानमा फरक फरक हावापानी बहुमूल्य जडीबुटी वन्यजन्तु वनपैदावर चराचुरुंगी भएको प्राकृति रूपमा अत्यन्तै धनी देश हो, नेपाल।
छङछङ बग्ने नदी झरना कलकल बग्ने हिम नदी लामबद्ध हिमशृंखला, जंगली जनावर र चराचुरुंगीको चिर्बिरचिर्बिर गर्ने आवाज र खेलले कसको मन नलोभिएला र?
सम्भाव्यताको खोजी पछि प्राथमिकता उपलब्ध श्रोतको प्रचुर सम्भावना अनि प्रयोग गर्न सक्नुपर्ने थियो। आफ्नो देशलाई चाहिने दक्ष जनशक्तिको उत्पादन तिनको व्यवस्थापन बिना कुनैपनि समृद्धि सम्भव छैन। शिक्षाको विकास बिनाको देशले कुनैपनि लक्ष्य हासिल गर्न सक्दैन।
यसले देशको आयस्रोत बढ्ने, विदेशिने युवा जनशक्ति स्वदेशमै रोकिनुको साथै स्वदेशमा रोजगारी सिर्जना भई गरिबी निवारण हुने थियो। युग सुहाउँदो शिक्षा सैद्धान्तिक शिक्षा घोकन्ते शिक्षाभन्दा प्रयोगात्मक व्यवहारिक प्राविधिक शिक्षाले सीपमूलक जनशक्ति तयार गर्छ।
राज्यको नीति सही हुनुपर्छ, जुन नीतिले भावी देशको भाग्य र सुनौलो भविष्यको निर्माण गर्न सकोस्। आफ्नो देशमा उत्पादित शैक्षिक जनशक्ति विश्व बजारमा सजिलैसँग प्रतिस्पर्धी बन्न सकोस्, बिकोस्।
आफ्नो देशले उत्पादित जनशक्ति स्वाधिन आत्मनिर्भर व्यावसायिक उत्पादनशील स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्छ। मूलतः नेपालमा बढी सम्भावना भएको क्षेत्र पर्यटन हो, यसबाट प्रशस्त विदेशी पर्यटकहरू भित्र्याएर देशको आय आर्जनमा वृद्धि गर्न सकिन्थ्यो।
त्यसको साथै जलस्रोतको समुचित विकास गरेर त्यसबाट पनि तमाम बिजुली निकाले विदेशमा निर्यात गर्न सकिन्थ्यो। हाम्रो उत्तरतर्फ विशाल जनसंख्या भएको छिमेकी देश चीन छ। दक्षिणतर्फ पनि त्यतिकै जनसंख्या भएको भव्य बजार भएको छिमेकी देश भारत छ।
ती दुई देशबीचमा रहेको सुन्दर सानो मुलुक तिनीहरुसँग मिलेर हातेमालो गरेर देशको सर्वागिण चौतर्फी विकास गर्न सकिन्थ्यो। मात्रै दृढ विश्वास दूरदृष्टि देशभक्तिपूर्ण भावना देश र जनतालाई बिछ्ट्टै माया गर्ने कुशल दूरदर्शी राजनेताको अभाव खड्केको, अड्केको छ।
काम गरेर सुविधा भोग गरौँ। देशको आयस्रोत हेर सार्वजनिक खर्च गरौँ। सार्वजनिक खर्च वृद्धि गरेर देशमा विकास गर्न सकिदैन। जनताको जीवनस्तर दिनप्रतिदिन खस्केको खस्केई रहने।
राजनीति गर्ने मानिसहरूको जीवनमा त्यत्रो रातारात उथलपुथल कसरी हुन सकेको होला भन्ने जिज्ञासा उठाउनु आम जनमानसमा स्वभाविक होइन र? राज्य शक्तिको श्रोत नेपाली जनतालाई मान्ने अनि ती जनताको जीवनमा कुनै सकारात्मक फेरबदल न आउने?
जनतालाई सधैं गरिबीको रेखामुनि गरिबको गरिब नै रहनुपर्ने? जति जोगी आएपनि कानै चिरिएको किन महशुस हुन्छ? २००७ देखि २०७७ सम्म हजारौं नेपाली आमाका सपूतहरूले नागरिक अधिकार राजनीति अधिकार सार्वभौमसत्ता सम्प्रभुत्वका निम्ति रगतको नदी बगाए, तथापि देशमा सुशासन राजनीति स्थायित्व शान्ति हुन सकेन।
अपवाद तर लिखित रूपमा पनि ती जनताका अधिकार प्राप्त हुने पुन: खोसिने क्रम निरन्तरतामा यस्तै लुकामारीमै ७० वर्ष बितिसक्यो।
हामी हिजो पनि स्वतन्त्र थियौं, आज पनि छौं तर २००७ सालपछि स्वतन्त्र भएका मुलुकहरू कहाँबाट कहाँ पुगिसकेका छन्, हामी हाम्रो सामाजिक, आर्थिक, राजनीति संवैधानिक उपलब्धि झन्झन् तल झर्ने असुरक्षित हुने क्रम दिनप्रतिदिन भैरहेको छ।
सत्ता नपाएसम्म आजको शासक हिजोको क्रान्तिकारी, लोकतान्त्रिक, देशभक्त, सज्जन, सदाचार हुने जब पद शक्ति पाउँछ, आँखा चिम्म गर्छ। कहिले राणा, कहिले प्रजातन्त्र, कहिले पन्चायत, कहिले बहुदलीय व्यवस्था, कहिले गणतन्त्र, कहिले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ल्याउने फ्याक्ने गरियो।
कहिले राजा, कहिले दल, कहिले बहुदलीय, कहिले कांग्रेस, कहिले कम्युनिस्ट, कहिले राप्रपा गरेर कहिले मिलोमतोमा अहिले एक्लाएक्लै राजकाज चलाएर आफ्नो निहित स्वार्थपूर्ति मनोमानी कुशासनको जगजगी राज्य राज्यका निकाय राष्ट्रिय श्रोत माथि कब्जा जमाए रजाइँ गरे, मिलोमतोमा भ्रष्टाचार अन्याय अत्याचार बाहेक केही गरेनन्।
आफूलाई पानी माथिको ओभानो हुन खोज्ने तर सार अभीष्ट मनोगत सबैको उस्तै। भाग्य विधाता जनतालाई मान्ने राज्य अधिकार जनतामा गयो भन्ने जनताको नाममा आफूलाई ठूलो अधिकारी भाग्यमानी सम्झने मूर्खता अतिवाद हो। सर्वसत्तावादी चरित्र हुनका लागि नश्लवाद जातीय अंशियार हुनुपर्ने रहेनछ।
व्यक्तिको आचरण मनोभावना उसमा भएको अहंकार घमण्ड जो प्राप्त छ त्यो अपर्याप्त छ, हुन्छ। कथनी र करनी व्यक्तिको चिनारी हुन। कथनी एक करनी बिल्कुलै अमिल्दो हुँदा समाजमा अविश्वास पैदा हुनजान्छ। विश्वास टुट्यो भने पुन:विश्वास प्राप्त गर्न वर्षौं लाग्न सक्छ।
लोकतन्त्र पनि विश्वास हो। जनताको विश्वास जितेर तिनैको भलाइका निम्ति आफूलाई समर्थित समर्पित गर्नु लोकतन्त्रको अभ्यास हो। उक्त विश्वास बाहिर गएर एकात्मक प्राप्त अधिकारको दुरुपयोग अर्थको अनर्थ श्रोतको अनुचित प्रयोग, क्षणिक व्यक्तिगत गुटगट घेराभित्र रमाउने, राज्यकोषबाट अनाधिकृत रूपमा लाभ लिने कार्य गैरलोकतान्त्रिक भ्रष्ट चरित्रका नमुना हुन।
आदर्श विविध विचार सिद्धान्त पार्टी धर्म मान्ने जाति समुदाय वर्ग हुन्छन्। अर्कोको धार्मिक सहिष्णुता विभिन्न धर्म मान्ने मानिसको बसोबास भएको मुलुकमा सबैको विचार एउटै हुनुपर्छ भन्ने होइन।
तर विविधता भित्रको एकता अनेकता भित्रको एकता भाइचारा आपसी सहमति सबैलाई सबै स्वतन्त्रता, निष्पक्ष न्याय, आवधिक निर्वाचन मताधिकारबाट प्रतिनिधि छनोट छाडिएका जनप्रतिनिधि मार्फत राज्यसञ्चालन गर्ने, लोकतान्त्रिक राज्यको प्रत्याभूति सबैको अपनत्व सहभागिता संविधानत: प्रचलित कानुन बमोजिम राज्यका निकायमा समान पहुँच राज्यको मूल प्रवाहमा सबैको समानुपातिकन प्रतिनिधित्व अपरिहार्य खाँचो थियो।
सरकार साझा चौतारी हुनुपर्ने थियो। यो आजको राष्ट्रिय खाँचो र आवश्यकता हो।
कसरी देश र जनतालाई दरिद्रता पछौटेपनबाट मुक्त गरी समृद्धि आधुनिक राष्ट्र सुखी नेपाली समृद्धि समुन्नत स्वाधीन नेपाल गर्ने राष्ट्रिय अठोट साझा संकल्प सही नीति निर्देशन प्रचलित कानुनको अधीनमा रही त्यसको पालना आवश्यकका आधारमा राष्ट्रको आवश्यक देशले चाहेको खण्डमा सही नीति कानुनको निर्माण परिवर्तन परिमार्जन संशोधन गर्न सक्नुपर्छ।
राष्ट्रियता देश भक्तिपूर्ण भावना चौराहामा लाउडस्पिकर बजाएर अगाडि पछाडि दुईचार अनुयायीहरूले ताली पिटेर पुग्दैन। उग्र नारा लगाएर छिमेकीसँग भएको सम्बन्ध बिगार्ने? त्यो पनि देशभक्ति राष्ट्रवाद मान्न सकिदैन।
अर्काको आलोचना गरेर आफूलाई क्रान्ति देशभक्त राजनेता ठान्ने शैली मनोगत रोग हो। अर्कोले आलोचना गरेको मन नपार्ने गुणगान गाएको रमाउने मन पार्ने नियत लाचारीपन अहम् तानाशाही प्रवृत्ति हो।
अनावश्यक कुतर्क गरेर अर्कोलाई चिढ्याएर होइन, सस्तो लोकप्रियताले राष्ट्रवादी होइन्छ भन्ने सोचाइ मौसमी राष्ट्रवाद हो। आपसी हित सार्वभौम सत्ता स्वतन्त्र राष्ट्रको हैसियतका विविध विषयमा आपसी विश्वास तथ्यपरक तटस्थ समान हैसियतमा हुनुपर्छ।
आफूलाई सर्वज्ञानी ठान्ने सार्वजनिक अधिकार हैसियत मानपदवी प्रतिष्ठाको धज्जी खिल्ली उडाउने मता हात्तीको मात जसरी जे पनि किसानले लगाएको अन्नपात बारी नोक्सानी गर्ने जस्तो अन्टरसन्टर बोल्दा सबैले दु:ख पाउछन्।
खहरे खोलामा वर्षातमा वारिपारि किनार छोएको हुन्छ, जब अविरल वर्षा कम हुन्छ, खहरे सुख्खा हुन्छ। पानी भएको समयमा खहरे खोला तर्न मुस्किल पर्छ, ज्यानै समेत लिन सक्छ।
हो, खहरे बगेको बेला झारपात बगाएर लग्ने आसपासका खेतीयोग्य जमिन काट्ने पनि गर्छ। खहरे खोलाले हानी नोक्सानी मात्रै पुर्याउछ। त्यतिबेला होसियार हुनुपर्छ।