मुलत यो साता ११ औं गणतन्त्र दिवशको अवसरलाई एउटा कडी बनाई कम्युनिष्ट सरकारले जगन्य अपराधमा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई आममाफीसहित बाँकि जेल सजाय छुट दिँदै जेलमुक्त गरेको समाचारले छापा र सामाजिक संजाल भरिएका छन्।
यस घटनाबाट उब्जिएको प्रश्न गम्भीर प्रकृतिको छ। यो प्रकरणले भर्खर मात्र एकीकरण भएको दुई कम्युनिष्ट चरित्रलाई उदांगो मात्र बनाएको छैन युद्व अपराधमा बाँकि जीवन जेलमा बिताउनुपर्ने भयबाट यसका सरदारहरू उन्मुक्ति पाउन सक्छु कि भन्ने जगमा रहेर नै यीनीहरूका बिच एकाएक मिल्ती भएको जस्तो देखिन्छ।
न्यायका लागि बिगत चार वर्षभन्दा लामो समयदेखि गंगामायाँ अधिकारी अस्पतालको शैय्यामा छटपटाईरहेकी छिन्। न्यायकै लागि आमरण अनसन बस्दाबस्दै उनका श्रीमान नन्द प्रसाद अधिकारी मृत शरीरसहित महाराजगंजको मुर्दाघरमा छन्।
यो बाटो भएर दिनानुदिन देशको कार्यकारी प्रमुख र राष्ट्रध्याक्ष यताउता गर्दछन् तर आफूलाई सपनामा पनि म क्रान्तिकारी हुँ भनि बर्बराउनेहरूको ध्यान यी अधिकारी दम्पतिप्रति छैन।
ढुंगेल रिहा प्रकरण आफैंमा एउटा हिंसा र युद्वप्रतिको संमोहक हो, यसले हिंसात्मक चरित्र र मानसिकता भएका ब्यक्तिहरूको मनोबृत्तिलाई बढवा दिनुका साथै भविष्यमा पुरा समाज दण्डहिनताको अबस्थामा पुग्नेछ।
यसतर्फ समयमा नै नागरिक समाज र विश्वभर छरिएर रहेका नेपालीको ध्यान केन्द्रित गर्न चाहान्छु।
२१औं शताब्दीका सचेत नेपाली जनतालाई उल्लु बनाई सरकारले मनोपोली ढंगबाट अपराधिहरूलाई छोड्दै जाँदा अन्तर्राष्ट्रियस्तरमा नेपालको छबि अझ बढी धमिलो हुँदै जान्छ।
सँगै अपराधका अनेकौं घटनाहरू मौलाउने परिबेशको निर्माण हुनेछ। ढुंगेल रिहाले कम्युनिष्टहरूको अधिनायकवादी सोंचलाई उजागर गरेको छ।
युद्व र हिंसाप्रतिको संमोहकले नेपाली समाजलाई फेरि कतातिर लादैछ, जनतालाई खोक्रो कुरा गरी प्राप्त गरेको फुस्रो जनमतलाई १०० दिन पनि पुग्न नपाउँदै खिल्ली उडाईदैछ।
यस्ता गलत निर्णय, क्रियाकलाप र हर्कत गर्नेलाई समयमानै चिनी यसका बिरूद्ध जनमत सृजना गर्नु आजको पहिलो अपरिहार्य आवश्यकता हो।
यसमा नेपाली कांग्रेसले बिलम्ब गर्दा लोकतन्त्रप्रेमी नेपाली जनताहरूमा निराशा छाउँछ साथै लामो बलदानी र संघर्षबाट स्थापित ब्यवस्थामा आँच आउने संकेत देख्छु।
सत्ताको बागडोर समातेर बसेका नेताको अभिब्यक्ति र चालचलन सहज छैन, सत्ताको उन्मादले उनीहरू घमण्डी, आफूअनुकुल सबै विषयमाथिको ब्याख्या र मनोपोलीतन्त्रमै रम्ने सम्भावना देखिन्छ।
सत्ता र शक्तिको चरम दुरूपयोग गरी नेपाली जनता र समाजलाई विवादमा तान्दै आफ्ना अभिष्ट पुरा गर्नेतिर यीनीहरू तल्लिन भएको आभाष हामी सबैले सहजै अनुमान गर्न सक्छौ।
लोकतान्त्रिक गणतन्त्रको स्थापनाले देशलाई राजनीतिक निकाससहित आर्थिक विकास र समृद्धिको सुमार्गमा पुर्याउन एउटा कोशेढुंगा सावित हुनेछ भन्ने आशा र भरोषा नेपाली जनतामा जिवितै छ। तर, यसको सफल कार्यान्वयनका निम्ति देखिएका बाधा र अड्चनलाई चिर्न समन्वयकारी भुमिका खेल्नसक्ने जिम्मेवार र क्षमतावान् नेतृत्वको आवश्यकता थियो।
हाम्रो बिडम्बना त्यसको ठिक बिपरित बर्बराउदै हिड्ने, अरूलाई मात्र गलत देख्ने र गणितीय आडम्बरमा रमाउने प्रबृतिको नेतृत्व छनोटले मुलुकको अवस्थालाई कहाँ पुर्याउने हो, यो हेर्न काँकि छ।
यहाँ कसैले आफूलाई गणतन्त्रको ठेकेदार नसम्झदा हुन्छ, यसको जग र शुरूवात नेपाली कांग्रेसका संस्थापक क्रान्तिनायक श्री बिश्वेश्वर प्रसाद कोईराला र उहाका समकालिनहरूले बि.स. २००७ साल पूर्वनै गर्नुभएको नेपाली राजनीति ईतिहास साक्षी छ।
नेपाली कांग्रेसले पटक पटक गरेको विभिन्न प्रकारको चरणबद्ध आन्दोलन र पछि सबैको सहयोग र बीर नेपाल आमाका सपुतहरुको बलिदान पुर्ण संघर्षबाट प्राप्त यो उपलब्धीको रक्षा र संरक्षकत्व हामी लोकतन्त्रबादी हरूबाट मात्र सम्भव छ।
लगभग सात दशकभन्दा लामो समयदेखिको निरन्तर संघर्ष र पटकौं भएका बिभिन्न सत्याग्रहरूबाट मात्र हामी यहाँसम्म आईपुगेका हौ। यस्तो तथ्यलाई कसैले भुल्नु हुँदैन।
राजनीतिक बहस समाप्त भई देशले नयाँ अध्यायको थालनी गरिसकेको यस गहन परिवेशलाई उपयोग गरी विकासका पुर्वाधार निर्माण तर्फ ध्यान केन्द्रित गर्नुको सट्टा ख्याल साँचीमा समयको बर्बादी गर्नेतिर सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूसम्म लाग्नु हाम्रो मुलुककै दुर्भाग्य हो।
विधिको शासनको सवालमा त बालकृष्ण ढुंगेल रिहा प्रकरणले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा नेपालको छबिलाई कमजोर बनाउनुको सँगै खिल्ली उडाएको छ।
मैले माथि पनि उल्लेख गरेको छु, युद्व र हिंसाप्रतिको सम्मोहक मानिस तथा शासकमा पलाउनु सबैभन्दा खतरा कुरा हो। ढुंगेलको रिहाईले यसतर्फ संकेत गर्छ।
नेपालको कानुन र मुलुकी ऐनको गलत ब्याख्या र प्रयोगले दण्डहिनतालाई थप मद्धत मिलेको छ। अपराध र अपराधी गतिबिधिमा संलग्नहरूको मनोबल उच्च बनाएको देखिन्छ।
जेलरले कैदीका सम्बन्धमा दिईने असल चालचलन र आचरणको प्रयोग ढुंगेल रिहामा पालना गरिनुले बिभिन्न अपराध र गलत कार्य गरी जेल सजाय भोगिरहेका मानिसलाई हौसला दिनु हो।
सँगै यस घटनाले स्वयम् सरकार अपराधिक गतिबिधिलाई थप प्रसय दिनमा उद्धत देखिएको छ। नेपालको प्रचलित कानुन र मुलुकी ऐनको जुन छिद्रलाई यस गम्भीर प्रकृतिको घटनामा मापदण्ड बनाईएको छ, किमार्थ हामी जस्ता लोकतन्त्रप्रेमी नेपालीहरूका लागि यो क्षम्य हुने विषय होईन।
नेपाल सरकारबाट भएका यस्ता कानुनी राज्य र बिधिको शासनलाई खिल्ली उडाउने गलत निर्णय र हर्कतका बिरूद्ध हामी सबै एकजुट हुनु पर्छ।
सरकार गणितीय बहुमतका आधारमा देशमा ताण्डप नृत्य प्रदर्शनमा ब्यग्र भएको छ, उसले न वर्तमान न भविष्यको नै चिन्ता गरेको छ। जे मन आयो त्यही जे सोच्यो, त्यही अभिब्यक्ति दिँदै चाटुककार शैलीमा उखान टुक्कामा भरमा चुड्कि मार्दै त्यसैमा आनन्द लिएका छन् देशका सबैभन्दा बलिया प्रधानमन्त्री।
नेपालमा मानव अधिकारको अबस्था कस्तो छ भनेर बुझ्नलाई नन्द प्रसाद अधिकारीको शव र गंगामायाँ अधिकारीको चित्कारलाई सुन्दा नै काफी हुन्छ। सत्तामा पुग्न कम्युनिष्टहरूले रचेको प्रपन्चको एउटा गतिलो उदाहरण यही हो।
मानव अधिकार हनन् को गभ्भीर घटनामा संलग्नहरूलाई प्रचलित कानुन बमोजिम सजायको भागेदार हुनुपर्ने ब्यक्तिलाई नै यसरी छुट र माफी दिंदै जाँदा पनि मानव अधिकारका रक्षाका लागि भनि खोलिएका संघ संस्थाहरूमा कार्यरत कसैले पनि यसका बिरुद्धमा औंला उठाउन नखोज्नु वा नसक्नु बिडम्मना नै हो।
नेपालले बिभिन्न समयमा अन्तर्राष्ट्रियस्तरको मानव अधिकार सम्बन्धी सन्धिहरूमा हस्ताक्षर गरेको छ, यतातिर ध्यान दिई आम नागरिकका सुरक्षा र चासोमा सरकार चनाखो हुनुपर्ने हो तर, त्यस्तो देखिएको छैन।
अन्तमा, हामीले हाम्रो लोकतान्त्रिक अधिकारको रक्षा र पालनाका निम्ति आ आफ्नो ठाउँबाट उठि बुलन्द आवाज उठाउन जरूरी छ।
देशको कानुनको मर्यादा र पालना गर्छु भनि सपथ खाएको कम्युनिष्ट सरकार दिनानु दिन कानुनी राज्यलाई कमजोर बनाउनमा तल्लिन देखिएको छ।
अन्याय र अत्याचारको निर्मुल पार्न र एक दलीय अधिनायकवादको सपनामा अल्झिएको सरकारलाई खबरदारी गर्न सबै अब उठ्ने बेला आएको छ।
लेखक नेपाली कांग्रेसका महासमिति सदस्य हुन्।