बाष्प इन्जिनको आविष्कारसँगै युरोपमा रेलको जन्म भएको २०० वर्ष बितिसकेको छ। आजसम्म संसारका धेरै मुलुकहरुले रेलवे सेवा बिस्तार गरिसकेका छन्। रेलवे सेवा नभएका मुलुकहरु बिरलै छन्। नेपाल यस्तै एउटा बिरलो मुलुक हो।
दक्षिण भारतको यात्राको लागि गोरखपुर रेलवे स्टेशनबाट रेल छुट्ने समय साँझको ८ बजेलाई छ। पोखरादेखि सिद्धार्थ राजमार्गहुँदै करिब ३०० किलोमिटर दुरीको गोरखपुर रेलवे स्टेशन १२ घण्टामा पुग्न सकिन्छ।
यसै योजनाका साथ बिहान ५ बजे पोखरादेखि सुनौली जाने गाडीमा चढ्छु। गाडीको रफ्तार निकै सुस्त र उदेकलाग्दो छ। गाडी प्रत्येक ५/१० मिनेटको अन्तरालमा रोकिदै यात्रु कोचार्दै गर्छ। स्याङ्जा र पाल्पाको दोभानसम्म पुग्दा दिउँसोको २ बजिसक्छ।
सुनौली अझैं टाढा भएकाले र गाडीले समयमा पुर्याउने छाँट नदेखाएपछि गाडीबाट ओर्लन्छु। ट्याक्सी रिजर्ब गर्छु। ट्याक्सी थोरै अगाडि मात्र के बढेको थियो चुनावी र्यालीमा फस्छ। जाम छिचोल्न दुई घण्टा लाग्यो। गोरखपुर पुग्दा रेल छुटिसकेको छ। डवल पैसा तिरेर तत्काल अर्को दिनको टिकट बुकिङ गर्नु सिवाय अर्को उपाय छैन। धन्य! नेपालको यातायात सिन्डिकेट अनि सडक जाम।
यस अगाडि पनि रेलमा यात्रा गरेको हुनाले रेलको यात्रा नौलो थिएन। गोरखपुर रेल स्टेशनमा उखरमाउलो गर्मी छ। ‘सेकेन्ड क्लास एसी’ वर्थ बुक गरेको हुनाले रेल भित्र शितल छ। रेलयात्रामा रेलका झ्यालबाट क्षितिजसम्मका दृश्य अवलोकन गर्दा आनन्द आउँछ।
गोरखपुरबाट दक्षिण–पश्चिम लागेसँगै फराकिला फाँटमा बाला छिलेर बाँकी रहेका गहुँका पहेला छ्वालीहरु ठिङ्ग उभिएका छन्। गहुँका छ्वालीहरु बिचका छिद्रहरु छेडेर परावर्तन भएका घामका किरणहरु रेलसम्म आइपुगी दृष्टिगोचर गराईरहदा छ्वालीका बिचमा फूल्दै गरेका बिभिन्न दालका बहुरंगी फूलहरुले फाँटलाई बडो आकर्षण थप्छन्।
फाँटका बिच–बिचमा रहेका नहर र कुलाहरुमा पानी टम्म भरिएर बगिरहेका छन्। नहरका दुईतर्फी ड्यामहरुलाई खेत
, गाउँ र बजार जोड्ने सेतू बनाईएका छन्।
किसानहरु आफ्नै धुनमा खेतमा काम गरिरहेका छन्। केहिले गोडमेल
, केहिले खनजोत
, केहिले कुलो सफा गर्दै आ–आफ्ना खेतका गराहरुमा पानी डोर्याईरहेका छन्। किसानहरु दालबालीमा मल छरिरहेका छन्। मध्यान्हको टन्टलापुर घामको प्रवाहै नगरी टोकरीमा पाकेका फसलहरु टिपिरहेका छन् ।
बिच–बिचमा साना–ठूला बिभिन्न किसिमका कलकारखानाहरु
, फराकिला अनि चिल्ला कालोपत्रे सडकहरु
, सडकहरुमा कुदिरहेका यातायातका अन्य सुविधा सम्पन्न साधनहरु पनि देखिन्छन्।
यी दृश्ष्यहरु हेर्दा हेर्दै साँझ पर्छ । रेलसँग सापेक्षीत गतिमा दौडिरहेका आँखा यस्ता दृश्यहरु जती हेरे पनि अतृप्त रहन्छन्। जब अध्यारोले केही देख्न नसकिने हुन्छ मस्तिष्कमा नेपालको याद आउँछ।
नेपालका भत्किएका
, पुरिएका
, हिलाम्मे
, धुलाम्मे सडकको याद आउँछ। तिव्र गतिमा कुदिरहेका रेलका गतिसँग पोखरा–भैरहवा चल्ने बसका गति तुलना गर्न सकिदैन।
प्रश्नहरु उठ्छन् –‘हाम्रो नेपालमा यसरीनै कहिले कुदौला रेलमा सरर
? यसै जुनीमा वा अर्को जुनिमा
?’
कास्की
, स्याङ्जा र पाल्पाका सडक छिचोल्दै गर्दा राजनीतिक पार्टीका र्यालीहरुले गर्दा भएका सडक जामको याद आउँछ। भ्रममा भौतारिहरहेका पार्टीका तिघ्रे कार्यकर्ताहरुको याद आउँछ। राजमार्गका छेवैमा रहेका बाझा खेतहरुको याद आउँछ। भत्किएका
, पुरिएका अनि सुकेका कुला–कुलेसाहरुको याद आउँछ। खालि गोठहरुको याद आउदछ। ढाका टोपीमा सजिएर लम्वेतान भाषणमा कुर्लिएका मौसमी नेताहरुको याद आउँछ। आफ्नो परिवेशका यस्तै–यस्तै यादहरु रेलको रफ्तारसँगै छोपेको निन्द्रासँगै विलिन भएर जान्छन्।
नयाँ बिहानीसगै रेल बाहिर हिजोका दृश्यहरु दोहरिन्छन्। सूर्य अस्ताएसँगै फेरि हिजोका यादहरु दोहरिन्छन्।
स्थानीय तहको निर्वाचन पछि सारा देश फेरि प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा केन्द्रित हुन्छ। प्रमुख नेताहरुको भाषणमा ‘रेल र समृद्धि’का नाराहरु घन्किन्छन्। ‘रेल र समृद्धि’ धेरै जनताले रुचाईएका चुनावी नारा हुन् ।
राष्ट्रिय समचारपत्रहरुमा ‘नेपालमा चाइनिज रेल’ भनिएका समचारहरु आइरहन्छन्। नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएका चिनियाँ बिज्ञले दिएका रिपोर्टका आधारमा बनाईएका ‘केरुङ्ग–काठमाडौं–पोखरा–लुम्बिनी’ रेलमार्गका नक्साहरुले पत्रपत्रिकाका अघिल्ला पृष्ठहरु भरिभराउ छन्। चीन सरकारले सिगात्सेबाट केरुङ्ग नाकासम्म रेलमार्गको विस्तार गर्ने समचारहरुले नेपालीहरु उतीवेलै देखि नेपाल सिधै चीनका ठूला व्यापारीक केन्द्रहरु सिगात्से र ल्हासासँग जोडिएको कल्पना गर्छन्।
हिजो–आज नेपालीहरुको कल्पना रेलमार्गहुँदै काठमाडौं
, वीरगन्ज अनि रक्सौलसँग पनि जोडिन थालिरहेको छ।
मानिसको फिजीयोलोजी बडो अचम्मको छ। कतिपय अवस्थामा कल्पनामै मादकता मिसिदोरहेछ। कल्पनामै मानिस लठ्ठिदो रहेछ। कल्पनानै मानिसको जिन्दगी डोर्याउने शसक्त साधन बन्दा रहेछन्। कल्पनालाई कर्मले डोर्याउँदा यर्थाथमा परिणत हुन्छन्। यर्थाथमा परिणत भएका असल कल्पनानै सर्व सम्मानित कल्पना हुन्।
हाम्रो देशमा रेल केरूङ्गदेखि काठमाडौं
, काठमाडौंदेखि पोखरा
, पोखरादेखि मुग्लिङ जक्शन
, मुग्लिङ्ग जक्शनदेखि चितवनहुँदै लुम्बिनी पुर्याउने कल्परुले चुनावताका सबै नेपालीहरुलाई बुरुक–बुरुक उफार्छ।
स्थायी बसोबास चितवन भए पनि रोजगारको शिलशिलामा दश वर्षदेखि पोखरामा छु। पोखरादेखि १३० किलोमिटरको दुरीमा रहेको चितवन १०० किलोमिटर प्रतिघण्टाका गतिमा दौडने रेलले सवा घण्टामा छिचोली दिन्छन्। बिहान ८ बजे भरतपुर रेल स्टेशनबाट रेल चढे ९
:३० बजे पोखराको कार्यालय पुग्न सकिन्छ। कस्तो मजा! घरबाटै कार्यालय रेलमा सरर।
रेलमार्ग बनेपछि सर्वसाधारण जनता साथै कर्मचारीको धेरै बचत हुनेछ। अनियन्त्रित महंगीले आम्दानीको एक चौथाईमात्र पनि भबिष्यको लागि बचत गर्न धौ–धौ परेका कर्मचारीको घरभाडा बचत हुनेछ। बिहान–बेलुका र छुट्टीका दिनमा आफ्ना खेतबारीमा मेहनत गर्दा आफ्नै उत्पादनबाट दैनिकी टार्न सकिनेछ। कर्मचारीको एक चौथाईको बचत रेलको सुगमतासँगै तीन चौथाईमा पुग्नेछ।
वर्षौदेखि घरबाहिर बस्दा आफन्त टाढिन्छन्। केही महिनाअघि चितवनमा भान्जाको ब्रतबन्ध थियो। दिदी भन्दै थिइन्–‘भान्जा–भान्जिका आमा पछिका मामा हुन्। भान्जालाई भिक्षा दिन जसै आएस्।’
भान्जाको ब्रतबन्धको दिन बिहानै पोखराबाट चितवन निस्किएँ। तर
, दिनभर मुग्लिङको जाममा फसियो। भान्जालाई कल्पनामै मुग्लिङका भिरमुनिबाट भिक्षा दिनु सिवाय अरु उपाय भएन।
मुग्लिङ–नारायणगढ सडक खण्डको निमार्ण शुरु भएको वर्षौ बितिसकेको छ। निमार्ण शुरू भएदेखि देशमा ३/४ वटा प्रधानमन्त्री फेरिईसकेका छन् । खराब सडकका कारण कयौ यात्रुबाहक साधनहरु दुर्घटनामा परी सयौले ज्यान गुमाईसकेका छन्।
सडक निमार्ण अझै सम्पन्न हुन सकेको छैन। जिम्मेबार निकायहरु ‘नाच्न नजान्ने आँगन टेढो’ भनेझै दोष जति सबै भिर–पहराहरुलाई दिन्छन्।
यस्तो सुस्त प्रवृतिले हामी कसरी एक दिनमा ३० किलोमिटरसम्म सडकका सम्पुर्ण कार्य सम्पन्न गर्ने देशहरुसँग प्रतिस्पर्धा गरौला
? धन्य! नेपालका सडक निमार्ण प्रवृत्ति।
आमा–बुवाहरुका उमेर ढल्कदो हुनाले उहाँहरुलाई घरमा एक्लै बस्दा विरक्त लाग्ने साथै घरायसी दैनिकी चलाउन पनि गाह्रो भैराखेको हुन्छ। उहाँहरुलाई घर छाडेर छोराछोरीसँग गई बस्न समस्या
, छोराछोरीलाई रोजगार छाडी घरमा मात्र बसिरहन समस्या।
नेपालमा रेलको सुगमतासँगै धेरै समस्याको हल हुनेछन्। रेलको लिकमा बन्दकर्ता आई उभिए रेलले किची मारिदिनेछन्। सडकमार्ग जसरी रेलमार्ग जाम हुने छैनन्। १००/२०० किलोमिटरका दुरीमा रहेका कार्यलयहरू घरबाट सजिलै आवत–जावत गर्न सकिनेछ।
आजकल एकोहोरो सोचिरहन्छु–पोखरादेखि चितवन कुदिरहेको रेलको झ्यालबाट दक्षिण भारतको यात्राका क्रममा देखिएका गहुँका छ्वाली र दालखेतिका ठाँउमा कास्की
, तनँहु र गोर्खाका पाखा–पखेराहरुमा उन्नत तरिकाले लगाईएका सुन्तला
, नासपाति
, एभोकार्डो
, लिची
, किवी
, अम्बा
, आरुबखडा साथै कफीका बोटहरुमा लट्टरम्म झुलिरहेका फलका दानाहरु छन्।
मर्स्याङ्दी नदीको किनारै किनार तीब्र गतिमा रेल दौडिरहँदा विद्युत उत्पादन र सिँचाईका लागि बनाएका ड्याम
, नहर अनि
, कुला–कुलेसाहरु हुँदै फलफूलका बगैचातिर पानी बगिरहेकोछ।
नेपाल सरकारले देशका बिभिन्न ठाउँमा अबस्थित उद्योगधन्दा तथा कलकारखाना र दूरदराजका नेपाली सेवाग्राहीकहाँ विद्युत पुर्याउन बनाईएका हाइभोल्टेज ट्रान्समिसन लाईन आकाशमा तिरमीराउँछन्।
प्रयोग गरेर बाँकि विद्युत चीन तथा भारत सरकारलाई बिक्री गर्न बनाएका छुट्टै ट्रान्समिसन लाईन देखिन्छन्।
अचम्म! पार्टीका पूर्व लडाकु तथा कार्यकर्ताहरु भीर–पाखाहरुमा कतै सुन्तला
, नासपाती र अम्बा टिपीरहेका
, कतै एभोकार्डो
, किवी र कफी टिपीरहेका त कतै उन्नत जातका गाई–भैसी
, भेडा–बाख्रा चराईरहेका छन्।
उनीहरुलाई पार्टीका अन्धा कार्यकर्ता भन्दा जेहेन्दार किसान भएको सुहाएको छ। अर्को अपत्यारिलो दृश्य– जनता नेताको पछाडि होइन
, आ–आफ्ना काममा व्यस्त कर्मठ जनताका पछाडि नेता लागेका छन्।
अर्को क्याविनमा गुनगुन गरिरहेका कोरियन पर्यटकहरु तनहुँ र गोर्खाका पहाडी भेगहरुमा फक्रिरहेका सुनगाभा
, चमेली र गुनकेशरी फूलहरु हेर्दै आफूहरु पनि फूल जस्तै मुस्कुराउँछन्।
रेल तिव्र गतिमा दौडिरहन्छ। मर्स्याङ्दी वारि रेलमार्ग
, पारि ६ लेनको कालोपत्रे सडक
, बिच नदीमा पर्यटकहरू रमाईरहेका मझौला साइजका क्रूजहरू। देश पूर्ण विकसीत भएको भान हुन्छ।
सडक किनारमा होचा कदका चाइनिज र भुडि टम्म परेका इन्डियन व्यापारीहरु विभिन्न पहाडिया फलफूलहरुका मोल–मोलाउ गर्छन्। टाठा–बाठा भइसकेका नेपाली किसान भद्र पारामा जसले बढी मूल्य दिन्छन् उसैका लरिमा फलफूल भर्छन्।
पोखराबाट छुटेको नेपाली ध्वजाबाहक ‘नेपाल एक्सप्रेस’ रेल एक घण्टामै मुग्लिङ रेल जंक्शनमा टक्क अडिन्छ। रेलवे प्लेटफर्मका दाँया–बाँया व्यवस्थित तरिकाले गोरखा–मनकामनाका सुन्तला
, डुम्रेका केरा
, चितवनका व्वाइल्ड एग र ग्रिल्ड चिकन
, मस्र्याङ्दी र त्रिशूली दोभानका फ्राइड फिस छन्। चाइनिज पर्यटकहरु यी प्राङ्गारीक खाजाहरु खानामा हतार छन्।
चीन र जापानको सम्बन्धमा मित्रवत सुधार आएकोले जापानी बुद्धमार्गी पर्यटकहरु केरूङ्गहुँदै काठमाडौं
, पोखरा
, सौराहा अनि बुद्धको जन्मथलो लुम्बिनी घुम्न आउने क्रम निकै बढ्दो छ।
यिनै मध्येका एक जापानिज् पर्यटकले त्रिशूली र मर्स्याङ्दी नदीका दोभानको पारिपट्टि रहेको थुम्कोमा नेपालमा मात्र पाइने काडेभ्याकुर जस्तो देखिने चराको प्रेमलाप देखेर हतार–हतार आफ्नो एसएलआर क्यामराको लेन्स तेर्स्याउँछन्। अर्का रसियन पर्यटकले कालिज
, लामपुच्छ्रे
, जुरेली साथै न्याउली चराहरुका तस्वीरहरु आफ्नो क्यामराको लेन्समा रेल भित्रबाटै कैद गर्छन्।
यसरी रेलको आगमनसँगै पर्यटन नेपालको आर्थिक विकासको मेरुदण्ड बन्न पुगेको छ।
मुग्लिङबाट रेलमा १५ मिनेटमै भरतपुर पुगिनाले मैले एक कप ‘गोरखकाली कफी’ लिन्छु । गोरखकाली कफीको स्वाद बडो मिठो छ।
रेलमा मेरो वर्थको बाँयापट्टी रहेका एक जोशिला नेपाली व्यापारी भन्छन्–‘भोलिनै रूपन्देही र आसपासका जिल्लामा उत्पादित गहुँ
, धान
, चामल
, मकै
, केराउ
, चना
, तोरी तथा आलस जस्ता अनाजहरु कार्गो रेलद्धारा नेपालका पहाडी भेगमा ढुवानी गर्नुछ।’
उनको छेवैमा रहेका रुपन्देहीका किसानले भन्छन्–‘नेपाल सरकारले मलखातमा अनुदान
, सिँचाई सुविधा र बालीमा बीमा गरिदिएकाले कृषिमा उत्पादन ह्वात्त बढेको छ।’
अर्का युवा व्यापारी थप्दछन्–‘कास्की
, स्याङ्जा र गोर्खाका साथै आसपासका जिल्लाबाट सुन्तला
, एभोकार्डो
, किवी
, लिची र स्ट्रवेरी रसुवागढी–केरुङ्ग नाका हुदै सिगात्से निर्यात गर्नुछ।’
उनको दाँयापट्टीको वर्थमा रहेका शिक्षित देखिने किसानले भन्छन्–‘नेपाली उत्पादनहरुमा सरकारले दिएको निर्यात सहुलियतका कारण यहाँका एभोकार्डो
, लिची
, किवी
, माछा–मासु
, दुधका उत्पादनहरु
, गोर्खा बियर
, वाइवाइ नुडल
, हिमालयन स्प्रिंग वाटर
, हर्बल औषधी यूरोपियन बजारसम्म फैलिएका छन्। नेपाल पनि चीन सरकारको बेल्ट एण्ड रोड इनिसिएटिव (बीआरआई) सञ्जालमा आवद्ध भएकाले अन्तरदेशीय र अन्तर्राष्ट्रिय व्यापार गर्न सहज भएको छ।’
स्लिपर क्लासमा रहेका एक अधवैंशे दाई मेरो क्याविनमा आई वडो रोचक कुरा सुनाउँछन्–‘पहाडी भेगका सागबाट उत्पादित नेपाली गुन्द्रुक र सिन्की जापानी बजारको मागलाई पुर्याउन भ्याई–नभ्याई छ। खैरा भटमाससँग मिसाएर बनाएको गुन्द्रुकको सुप जापानीजहरुले बडो मनपराएका छन्। नेपाली गुन्द्रुकले जापानमा राम्रो मुल्य पाएको छ।’
सुट र टाईमा सजिएका नेपाली उद्योगीले प्रसन्न मुद्रामा भन्छन्–‘नेपालमा सस्तो बिजुली र रेलको विस्तारले उद्यमीहरुलाई सहज बनाइरहेको अवस्थामा नेपाल सरकारले उद्योगीहरुलाई दिएको मुल्य अभिवृद्धि कर (भ्याट) छुट ‘सुनमा सुगन्ध’ भएको छ।’
उनी वीरगञ्जमा रहेको आफ्नो चिनी र फ्रुट जुस कारखानाको लागि उखू र फलफूलको व्यवस्थापन गर्न देश दौडाहामा छन्। उनले अझै थप्छन्–‘मेरो चिनी र फ्रुट जुस कारखानाका ५५० कामदारहरु मध्ये ३७० कामदार खाडीमुलुकबाट फिर्ता बोलाइएका नेपाली कामदार हुन्।’
तातो कफी सिध्याउन नभ्याउँदै भरतपुर रेलवे स्टेशन आईपुग्छ। रेलबाट हतार–हतारमा ओर्लिन्छु । रेल छकछक
, छकछक गर्दै पर्यटक र नेपाली यात्रुहरु लिएर लुम्बिनीतिर तिब्र गतिमा दौडिँदाको दृश्यले दक्षिण भारतको यात्रामा देखेका सम्पूर्ण स्मरणहरुलाई भुलाउँदैछ।
मसँगै अर्को क्याबिनबाट ओर्लेका एक भाईले भन्छन्–‘अमेरिकामा बस्दै आएका लोक गायक प्रेमराज महत ‘सिमसिमे पानीमा’ को लोकभाकामा ‘हाम्रो नेपालमा
, रेलमा सरर!’ बोलको गीत गाउन सधैका लागि अमेरिका छाडी नेपाल फर्केका छन्। उनीसँगै एमआइटी ग्राजुएट्स नेपाली यूवाहरु पनि फर्केका छन्।’
भरतपुर प्लेटफर्मबाट बाहिँरीदै गर्दा छिमेकी दाजु–भाइ तथा दिदी–बहिनी पनि काठमाडौं
, भैरहवा र वीरगंजमा रहेका आ–आफ्ना कार्यालयबाट रेलमै घर फर्किएका छन्।
प्लेटफार्ममा कृषि
, चिकित्सा
, इन्जिनियरीङ
, मानविकी शास्त्रहरुका बिभिन्न विश्वविद्यालयहरुमा अध्यनरत छात्र तथा छात्राहरु घर फर्कन रेल कुर्दैछन् ।
अन्तमा
,नेपालको भौगोलिक बनावटका कारणले नेपालमा रेलवे निर्माण कार्य सजिलो र सस्तो छैन। तर संसारका धेरै राष्ट्रहरुले वर्षौदेखि चलाईराखेका रेल नेपालमा चलाउन असम्भब भने छैन।
रेलवे निर्माण तथा विकासका संरचनाहरु निर्माणका लागि ठूलो धनराशीको आवश्यकता पर्छ। यो कसरी जुटाउने र यसका व्यवसायीक पक्षहरुको बारेमा विज्ञहरुसँगको सघन छलफल
, उचित राय र सुझाबको आबश्यकता छ।
सर्वसाधारण नेपाली यो बुझ्दैछनकि–‘रेलवेको निर्माणले नेपाल राष्ट्रको विकासमा ठूलो भूमिका खेल्छ। यसले सबै वर्गका नेपालीको दैनीकिमा सुविधा थप्छ।’
नेपालमा पहिलो रेल उत्तर नाकाबाट चलोस वा दक्षिणबाट सर्वसाधारणलाई सरोकारको विषय नहोला। सर्बसाधारणको सरोकारको विषय गौरवलाग्दो सार्वभौम इतिहास बोकेको राष्ट्र नेपालले के यसलाई अक्ष्यूण राख्दै रेल गुडाउन सफल होला
? भन्ने हो। नेपालमा नेपाली ध्वजाबाहक रेलमा कहिले सरर गुड्न पाहिएला
? भन्ने हो ।
जय रेल ! जय समृद्ध नेपाल !