हिन्दुस्तान र लंका जोड्ने ढुंगे पुल दन्ते कथा होइन भने महाभारत उपन्यास मात्र पनि होइन । युग परिवर्तन यदि ध्रवसत्य हो भने सत्य असत्य बिचका धर्मयुद्ध काल्पना मात्र पनि होइनन् ।
त्रेता युगमा रावणको संहार गर्न राम जन्मिए । द्वापर युगमा कंसको संहार गर्न कृष्ण जन्मिए । अब कल्की कहिले जन्मिन्छन् ? कल्कीले कसको संहार गर्नेर्छन ? यो हाम्रो कली युगको कथा ।
आज दैनिक सयौंको दरमा नेपालीहरु अमेरिका जान्छन् । कसैको डिभि पर्छ त कसैको स्टूडेन्ट भिसा लाग्छ अनि कसैको अमेरिका बस्ने केटासँग बिवाह हुन्छ । हवाइअड्डामा लस्कर लामो छ । अमेरिकामा नेपाल सानो छ ।
कोही यूनिभर्सिटीमा अध्ययन गर्छन् । कोही नर्सको रुपमा विरामीको सेवा गर्छन् । कोही डाक्टर त कोही इन्जिनियर । वैज्ञानिक पनि छन् । फ्यासन डिजानर पनि । अमेरिकाको विषेशता त्यही हो । सबैको लागि असीमित सम्भावना छ । अनि सबैको एउटा साझा सपना छ । अमेरिकन ड्रिम । क्यालीफोर्नियामा एउटा सानो घर । एउटा फोर्ड इकोस्पोर्ट । छोराछोरीको अमेरिकन एक्सेन्ट । लन्चमा म्याकडोनल्ड । विकएण्डमा बारबेक्यू । भेकेसनमा हवाइ । अमेरिकन ड्रिम निकै नै मनमोहक छ ।
मलाई एउटा हिन्दी फिल्म हेरेको याद आउँछ । मोहेन्जोदारो । मोहेन्जोदारो सानदार हुन्छ । तर त्यहाँको शासक महम गद्दार । महमले सिन्धु नदीमा बाँध बाँधेर सुनको खेती गर्ने षड्यन्त्र रच्छ । बाँधले वर परका सारा गाउँमा अनिकाल लाग्छ। महम सुनले पुरिन्छ। जनताका दिल भारी करको मारले त्यति खुस हुँदैन तर पनि सबै मान्छेको सपनाको सहर हुन्छ मोहेन्जोदारो ।
मोहेन्जोदारो र अमेरिकामा धेरै फरक छैन ।
चेतनाको बाँध बाँधेर मान्छेको खेती गर्ने इशाई धर्मको कार्यक्षेत्र अमेरिकाका शासकलाई पोटस भनिन्छ।
अमेरिका पनि सानदार नै छ।
सन् १९४५ मा हिरोसिमा र नागासाकीमा आणविक बम छाडेर दोस्रो विश्व युद्ध जितेको अमेरिका आजको विश्वमा अन्तर्राष्ट्रिय शान्तिको रक्षक भएको छ। उत्तर कोरियालाई आणविक बम बनाउन पाईंदैन भनेर पोटस आफ्नो अझ ठूलो आणविक बमको धम्की देखाउँछ जुन अन्तर्राष्ट्रिय सुरक्षाको सैद्धान्तिक ठेक्का लिएको संयुक्त राष्ट्र संघ मूकदर्शक बनेर हेरिरहन्छ ।
आफ्नो धार्मिक सहिष्णुताको पात्र बनेका यहुदीहरुलाई टाढाको भाइचाराको नाता पर्ने मुुश्लिम शत्रूको खेतमा लगेर मलजल गरी पूरै खेतै खाने योजना पनि पोटसकै हो । पोटस बुस होस् कि ओवामा, नीति एउटै थियो । कार्यान्वयन गर्ने वाला पटमूर्ख पोटस ट्रम्प पर्यो। सन्दर्भ जेरुसेलमलाई विना कुनै परामर्श इज्रायलको राजधानी घोषणा गर्ने पोटसको हिम्मत। मान्नै पर्छ ।
अमेरिका चरम पूँजीवादको नमूना हो जहाँ फेडेरल रिजर्भ वैंकदेखि कारागार गृह अनि शिक्षामा सम्म व्यापार व्याप्त छ । पूँजीवाद कलियुगको समाज सिद्धान्त हो। कलियुगमा साम्यवाद पूँजीवादको शत्रु करार गर्यो अमेरिकाले। भियतनामको युद्धदेखि कोरियाको युद्धसम्म अमेरिकाले साम्यवादलाई ढाल्न चीन र सोभियतसँग युद्व रच्यो। अमेरिकीहरुमा साम्यवाद प्रति यतिसम्म विष भरिएको छ कि साम्यवाद फगत एक अकल्पनिय समाज सिद्धान्त बन्न गयो । जबकि समाजको प्राकृतिक विकासक्रमले अब यो विश्वलाई समाजवाद र अन्तत साम्यवाद तर्फ नै डोहोर्याएर लैजाने निश्चित छ।
आफैंले आफ्नो घर भत्काएर, आफना जनता मारेर, पराइलाई दोष थोपरेर उल्टो आतंकवादको नाममा मान्छे मार्दै हिंड्ने शासकलाई पनि पोटस नै भनिन्छ । सन्दर्भ सन् २००१ सेप्टेम्बर ११ मा वर्ल्ड ट्रेड सेन्टर भत्किंदाको हो । स्कल एण्ड बोन्स्का सदस्य बुस यसपछि पनि दोस्रो पटक राष्ट्रपति मनोनित भएका थिए। किनकि उनले आतंकवादको विरुद्धमा लडेर आफनो जनताको हकमा लड्दै थिए।
अमेरिका मिडल इस्टलाई अस्थिर बनाउने नाममा आइ सि स् लाई हतियार घुसपैठ गर्न पनि पछि पर्दैन , भलै पछि तिनै आतंककारी माथि क्षेप्यास्त्र प्रहार गर्ने नाटक किन रच्नु नपरोस्। प्रेम र युद्धमा सबै जायज हुन्छ भन्ने नीतिले अभिप्रेरित हाम्रो समाज शायद यही सिद्धान्तको नाममा अमेरिकाको यो दानवी परराष्ट्र नीतिलाई स्वीकार गर्दै आएको छ ।
आफ्नो जनता अनि आफनो धर्मको हकमा लड्ने नाममा विना प्रमाण यदि पोटसलाई इराकमा क्षेप्यास्त्र छाड्ने अवस्थामा पनि यो संसार मुकदर्शक भएर हेर्छ भने यी जनता भेंडा नै हुन् । यी भेंडालाई पोटस जस्ता हूँडारबाट बचाउन कृष्ण गोठालो बनेर होइन अब कल्की बनेर आउनुपर्ने भइसक्यो ।
यदा यदा हि धर्मस्य यदि आज गाउन पाइएन भने भोलिको ठेगान छैन । किनकि पापको घडा सन् २००१ को सेप्टेम्बर ११ मा नै भरिसकेको थियो । पापको घडा भरिएपछि थप अरु पाप गर या नगर त्यसले फरक पार्दैन । तथापि पापको क्रम जारी छ ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थार्य सम्भवामि युगे युगे ।।