फोटोग्राफर नीति वनेमले काठमाडौं विश्वविद्यालयबाट कला र डिजाइनमा डिग्री हासिल गरेकी छिन्। उनी समाजमा लुकेका कथाहरू आफ्नो क्यामरामा कैद गर्न रूचाउँछिन्।
केही समयअघि नीतिले 'युमा' शीर्षकमा फोटो-कथा तयार पारेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
नीतिका अनुसार युमा भनेको लिम्बू समुदायको दिव्यता वा महारानी हो। शाब्दिक रूपमा यसको अर्थ 'हजुरआमा' भन्ने हुन्छ र यसलाई आमाका रूपमा पनि मानिन्छ।
यो फोटो-कथा युमा भनेर चिनिने सावित्री लावतीको हो। उनी आफ्ना श्रीमान र चार सन्तानसँग भक्तपुरको सानोथिमीमा बस्छिन्।
अरू महिलाहरू जस्तै उनको पनि आफ्नो दैनिक घरेलु काम र हेरचाहको जिम्मेवारी छ। आधुनिक समयको नेपालमा किरातीहरूको आध्यात्मिक परिदृश्य र सांस्कृतिक पहिचानका कुरा संरक्षण गर्न युमा जीवित छिन्।
'युमा बन्ने बाटो त्यति सजिलो छैन। मैले अवलम्बन गर्ने धेरै भूमिकाहरूलाई सन्तुलनमा राख्न पनि सहज छैन,' युमा भन्छिन्।
उनको पारिवारिक विरासतले उनका लागि 'युमा' को पहिचानको निर्णय गरेको हो। यति ठूलो जिम्मेवारी बोकेर आफ्नै परिवार सम्हाल्न, अप्ठ्यारो र खुसीको घडीमा किराती जनलाई मार्गदर्शन गर्न र आफ्नो पहिचान कायम राख्न उनी प्रयासरत छिन्।
हेर्नुस् नीति वनेमले तयार गरेको उनै युमाको फोटो-कथाः