साहित्यकार ममता मिश्रद्वारा लिखित दोस्रो कृति ‘पहिचान’ विमोचन भएको छ।
आज म्याक्स वेबर पुस्तकालय, ब्ल्याकटाउन उक्त विमोचन समारोह सम्पन्न भएको हो।
उक्त अवसरमा लेखक ममता मिश्र, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, ब्ल्याकटाउन सिटीका सामुदायिक अगुवा तथा लेखक डा. ओम ढुंगेल, लेखक सौरभ किरण श्रेष्ठ, र लेखक सानु घिमिरेले संयुक्त रूपमा पुस्तक विमोचन
कार्यक्रममा उपन्यासमाथि महिलावादी दृष्टिकोणबाट टिप्पणी गर्दै उपन्यासकार प्रज्ञा पनेरुले पुस्तकमा समेटिएका महिला पात्रहरूको मनोवैज्ञानिक र सामाजिक चित्रणमाथि विश्लेषण प्रस्तुत गरिन्।
साथै समालोचक सुरेन्द्र दवाडीले उपन्यासको साहित्यिक चेत, संरचना र कथानकको विवेचना गर्दै लेखकलाई आगामी कृतिहरूमा थप सशक्तता ल्याउने सुझाव पनि प्रस्तुत गरे।
पुस्तक विमोचनसँगै लेखक ममता मिश्र र लेखक सानु घिमिरेबीच करिब अर्ध घण्टाको पुस्तक वार्ता पनि आयोजना गरिएको थियो, जसमा प्रेम, अध्यात्म, लैङ्गिक चेतना, र जीवनका विविध आयामहरू जस्तै यौन र सामाजिक मूल्यबोधबारे लेखकको दृष्टिकोण प्रस्तुत भयो।
कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, गजलकार ज्ञानुवाकर पौडेल, तथा डा। ओम ढुंगेलले ‘पहिचान’ कृतिलाई महत्वपूर्ण साहित्यिक योगदानका रूपमा स्वागत गर्दै लेखक मिश्रलाई आगामी सिर्जनात्मक यात्राका लागि शुभकामना दिए।