अभिनेत्री रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा त्यागेर पशुपति शम्शेर राणा नेतृत्वकको नयाँ पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा (प्रजातान्त्रिक) लागेकी छन्।
मंगलबार उनी औपचारिक रुपमा राणाको पार्टीमा प्रवेश गरेकी छन्। उनले राप्रपा प्रजातान्त्रिकका नेता दिपक बोहोरालाई आफु प्रजातान्त्रिकमै लागेको आधिकारीकताको प्रमाणपत्र बुझाएकी छन्।
पार्टी फुटेको भोलिपल्ट रेखाले आफु कमल थापा नेतृत्वमा रहने बताए पनि आज उनले पार्टी परिवर्तन गरेकी हुन्।
लामो समय माओवादी केन्द्रमा रहेकी रेखाले ८ महिनाअघि राप्रपा प्रवेश गरेकी थिईन्। उनी राप्रपाकी केन्द्रिय सदस्य थिइन्।
उनीसँगै गायिका कोमल ओलीले कुन पार्टीलाई समर्थन गर्ने अहिलेसम्म खुलेको छैन। उनी पार्टी फुटको विपक्षा छिन्।