सामाजिक कथामा रहेर टेलिसिरियल 'दले दाइ' दर्शकमाझ आउने भएको छ।
दीपक शर्माको निर्माण तथा निर्देशनमा आउन लागेको टेलिसिरियलको प्रोमो सार्वजनिक गरिएको छ।
निर्माता तथा निर्देशक शर्माका अनुसार, देशको समसामयिक कथामा रहेर टेलिसिरियल आउन लागेको हो।
सिरियलमा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, दीपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी, शिवकुमार महत, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनाललाई दर्शकले हेर्न पाउनेछन्।
'दले दाइ' अमलाचौर मिडिया नेटवर्कले निर्माण गरेको हो।
सिरियलको लेखक पनि दीपक शर्मा हुन् भने निर्देशन सल्लाहकारको भूमिकामा कलाकार विश्वमणि घिमिरे छन्। छायांकन राहुल राईको रहेको सिरियलका सम्पादक दिवाकर चौधरी हुन्।