'अप्पन माईट' शीर्षकमा १५ दिने सेरामिक कला कार्यशाला भइरहेको छ।
हनुमाननगर कंकालिनी नगरपालिकामा यो कार्यशाला जेठ ५ गतेदेखि १९ गतेसम्म हुनेछ। कार्यशालामा १५ जना रैथाने कुम्हार/पण्डित सहभागी भएका छन्। जसको आर्थिक खर्च र व्यवस्थापनको जिम्मा हमुमानगर कंकालिनी नगरपालिकाले लिएको छ।
लामो समयदेखि माटोको भाँडा बनाउँदै आएपनि आर्थिक कारोबारमा उन्नति नभएपछि यो कार्यशाला आयोजना गरिएको हो। आर्ट लाइन ग्यालरीले विगत ५ वर्षदेखि सेरामिक कला कार्यशालाको योजना बनाएको थियो। यसको प्रशिक्षक सेरामिक कलाकार सम्बिका बासिकला छिन् भने रंग समायोजनमा कलाकार हरि ओम मेहता रहेका छन्।