कलाकार हरिप्रसाद शर्माका चित्रहरू बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन भइरहेको छ। यही शुक्रबारबाट ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकमा उनका चित्रहरू प्रदर्शनीमा राखिएका छन्।
केही वर्षअघि यही शीर्षकमा हरिप्रसादले आफ्ना पेन्टिङहरुको किताब निकालेका थिए। उनका पेन्टिङहरु प्रदर्शनी र किताबको नामजस्तै इतिहास, संस्कृति र जनजीवन झल्काउने खालका हुन्छन्।
यस प्रदर्शनीमा भएका चित्रहरु प्रायः काठमाडौं केन्द्रित छन्। काठमाडौं उपत्यकाका चाडपर्व, मल्लकालदेखि शाहकालसम्मका राजाहरू, राजदरबारका गतिविधि, नाच, जनजीवन लगायत चित्र प्रदर्शनीमा छन्। प्रदर्शनीमा उनले काम गर्ने क्यानभास, कलरहरू पनि राखिएको छ।
कला सर्जक हरिप्रसाद शर्मा चित्र–इतिहासकार हुन् जो इतिहासका अध्येताहरूले गहन खोज गरेर निकालेको शब्दचित्रमा कल्पनाको रङ भर्छन्। ऐतिहासिक क्षणहरूसँग जोडिएका विषयवस्तु मिहिन केलाउनु र त्यसलाई चित्र र रङका माध्यमबाट क्यानभासमा उतार्नु ८८ वर्षीय शर्माको विशेषता हो।
-ink-1748002174.jpeg)
-ink-1748002174.jpeg)
-ink-1748002174.jpeg)
-ink-1748002173.jpeg)
-ink-1748002173.jpeg)
-ink-1748002173.jpeg)
-ink-1748002172.jpeg)
-ink-1748002173.jpeg)
-ink-1748002172.jpeg)
-ink-1748002171.jpeg)
-ink-1748002171.jpeg)
-ink-1748002170.jpeg)
-ink-1748002170.jpeg)
-ink-1748002170.jpeg)
-ink-1748002169.jpeg)
-ink-1748002169.jpeg)
-ink-1748002167.jpeg)
-ink-1748002167.jpeg)
-ink-1748002166.jpeg)
-ink-1748002166.jpeg)
-ink-1748002164.jpeg)
-ink-1748002163.jpeg)
-ink-1748002163.jpeg)
-ink-1748002163.jpeg)
-ink-1748002163.jpeg)