अभिनेत्री रेखा थापाले अहिलेसम्म खेलेको फिल्ममा 'रुद्रपिया' मा पृथक भूमिकामा देखिन लागेको बताएकी छन्। कात्तिक २ गते (लक्ष्मी पुजाको दिन) बाट देशव्यापी रुपमा प्रर्दशनको तयारीमा रहेको फिल्म 'रुद्रपिया'बारे जानकारी दिन सोमबार गरिएको पत्रकार सम्ममेलनमा रेखाले यो फिल्ममा आफू निकै पृथक भूमिकामा देखिन लागेको बताएकी हुन्।
उनले 'रुद्रपिया' पनि पहिलाका फिल्महरु जस्तै महिला सशक्तिकरणको मुद्दामा केन्द्रित भएपनि प्रस्तुती निकै भिन्न भएको बताइन्। रेखाले राती १२ बजे निर्धक बाटोमा हिंड्नसक्ने वातावरण बन्नु पनि महिला सशक्तिकरणको एक हिस्सा भएको बताउँदै फिल्म यसै पेरिफेरीमा केन्द्रित भएको जानकारी दिइन्।
उनले भनिन्,' पुरुषले महिलामाथि अन्याय गर्छ र पुरुषको बिरुद्दमा आवाज उठाउनु मात्र महिला सशत्तिकरणको होइन्। राति १२ बजे महिला खुल्ला रुपमा अँध्यारो बाटोमा हिंड्न पाउनु पनि महिला शसत्तिकरणको एक पाटो हो। फिल्म 'रुद्रपिया' पनि यही विषयमा केन्द्रित छ।'
रेखाले फिल्म 'रुद्रपिया' पनि महिला प्रधान भएको र आफुलाई यस्ता फिल्म निर्माण गर्न निकै मन लाग्ने बताइन्। उनले 'रुद्रपिया'मा निर्देशक सुदीप बबी भूपाल सिंहले राम्रो कलात्मक काम गरेको र बबीसँग काम गर्न निकै यादगार रहेको बताइन्।
करीब ८ वर्षपछि रेखा थापा र आर्यन सिग्देल एकसाथ देखिएपछि अहिले यस फिल्मको चर्चा पनि चुलिएको छ।
फिल्ममा रेखा र आर्यनको जोडदार केमेष्ट्रि देख्न सकिन्छ।
आर्यन सिग्देललाई किन ८ वर्षपछि रेखाको फिल्ममा खेल्न तयार हुनुभयो भन्ने प्रश्नको जवाफमा उनले फिल्मको स्क्रीप्ट, कलाकार र निर्देशक राम्रो लागेर फिल्म खेल्न तयार भएको बताए।
आर्यनले 'रुद्रपिया'ले आफ्नो र रेखाको परिस्थिति जुराईदिएको बताउँदै फिल्म सफल हुनेमा विश्वस्त भएको बताए।
फिल्म 'मेरो पैशा खोइ?' रिलिज भएको दिन डिस होमबाट पनि प्रसारित भएको अभ्यासलाई दोहर्याउँदै रेखाले पनि 'रुद्रपिया'लाई रिलिजको दिन एकसाथ डिस होममार्फत प्रसारण गर्ने जानकारी दिएकी छन्।
उनले अल नेपाल रुद्रपियामय भएको देख्न चाहकोे बताउँदै हलको पहुँच नभएका र विकट ठाउँको दर्शकको लागि यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिइन्।
निर्देशक सुदीप बबी भूपाल सिंहले यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउँदै यसमा महिला सशक्तिकरणको विषय उठान गरिएको बताए। फिल्म रेखा फिल्मसको व्यानरमा निर्माण भएको हो। फिल्मको लगानी करीब २ करोड रुपैयाँ रहेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा सरस्वती थापा र रमेश एमके पौडेलको लगानी छ। जनराज सिवाकोटी, अर्जुन पोखरेल र सुरेश अधिकारीले फिल्ममा संगीत दिएका छन्।
तस्वीरहरुः बिद्या राजपुत/ सेतोपाटी